सोमबार, असार २,२०८२ 02:35:14
  • सोमबार, असार २,२०८२ 02:35:14
Global IME Bank Limited

हिमालयन बैंकको नाफा १२.०४% ले वृद्धि, खुद ब्याज आम्दानी पनि बढ्यो

Hyundai Nepal
हिमालयन बैंकको नाफा १२.०४% ले वृद्धि, खुद ब्याज आम्दानी पनि बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन बैंक लिमिटेड चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म खुद नाफा बढाउन सफल भएको छ । तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १२.०४ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्र्रमाससम्म बैंकले १ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ । बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा २९.८९ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्र्रमाससम्म बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ४९ करोड रुपैयाँ थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब २५ करोड,कर्मचारी खर्च २ अर्ब ३२ करोड र अन्य सञ्चालन खर्च १ अर्ब १७ करोड रुपैयाँ रहेको छ । बैंकको खराब बर्जा अनुपात भने ४.५६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ ।  

बैंकको रिटेन्ड अर्निङ ५ अर्ब २४ करोड रुपैयाँले ऋणात्मक र रिजर्भको आकार १९ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १५.०४ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी ११.९९ रुपैयाँमा सीमित बनेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.