बुधबार, भाद्र २५,२०८२ 05:25:35
  • बुधबार, भाद्र २५,२०८२ 05:25:35
Global IME Bank Limited

प्राइम कमर्सियल बैंकको खुद नाफा २.८७ अर्ब, रिटेन्ड अर्निङ ३१.३४ करोड

Hyundai Nepal
प्राइम कमर्सियल बैंकको खुद नाफा २.८७ अर्ब, रिटेन्ड अर्निङ ३१.३४ करोड

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले २ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सावृजनिक गरेको चालु आवको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १६.६६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

बैंकको खुद ब्याज आम्दानी ५.६८ प्रतिशतले वृद्धि भएर ५ अर्ब ७८ करोड रुपैयाँको उचाईमा पुगेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज ८९ करोड ५० लाख,कर्मचारी खर्च १ अर्ब ५३ करोड र अन्य सञ्चालन खर्च ५१ करोड २४ लाख रुपैयाँ रहेको छ ।  

अघिल्लो आवको तेस्रो त्रैमाससम्म ६६ करोड ६९ लाख रुपैयाँ ऋणात्मक रहेको बैंकको रिटेन्ट अर्निङ ३१ करोड ३४ लाख रुपैयाँ कायम भएको छ । त्यस्तै रिजर्भको आकार पनि ८ अर्ब ४३ करोडबाट बढेर १० अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

२ खर्ब २ अर्ब निक्षेप संकलन गरेको बैंकले कर्जा प्रवाह भने १ खर्ब ७७ अर्बबरारबर गरेको छ । बैंकको खराब कर्जा अनुपात ३.०६ प्रतिशतबाट बढेर ४.२९ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १९.७८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३४०.८३ रुपैयाँ,मूल्य आम्दानी अनुपात ९.६० गुणा,तरलता अनुपात २६.०१ प्रतिशत र प्रतिसेयर नेटवर्थ १५४.६० रुपैयाँ कायम भएको छ ।  

 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.