Bizshala
  • मंगलवार, जेष्ठ १९,२०८३ 07:47:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीमा प्राधिकरणको नेतृत्व दौड, ५० आकांक्षी मैदानमा

Laxmi Sunrise Bank Limited
बीमा प्राधिकरणको नेतृत्व दौड, ५० आकांक्षी मैदानमा
Shivam Cement

​काठमाण्डौ । नेपालको बीमा क्षेत्रको सर्वोच्च नियामक निकाय, नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। अर्थ मन्त्रालयले तोकेको अन्तिम समय आज मंगलबार साँझ ५ बजेसम्म ५० जनाले नेतृत्वका लागि आफ्नो दाबेदारी पेस गरेका छन्।

​तत्कालीन अध्यक्ष शरद ओझालाई सरकारले गत २०८२ असार ३० गते निलम्बन गरेपछि लामो समयदेखि कार्यवाहक र अस्थायी नेतृत्वको भरमा चल्दै आएको प्राधिकरणले अब नयाँ नेतृत्व पाउने भएको छ।

Bizshala
New Office
CG Motors

​यस पटकको प्रतिस्पर्धा केवल बाह्य विज्ञहरूबीच मात्र सीमित छैन। प्राधिकरणको आन्तरिक संरचना बुझेका र यसअघि नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका ३ जना बहालवाला उच्च कर्मचारीहरू आफैँ मैदानमा उत्रिएका छन्। निर्देशकद्वय कमल प्रसाद रेग्मी र पुजन ढुङ्गेल अधिकारी तथा उपनिर्देशक विरोध भट्टले उम्मेदवारी दिएका छन् ।

Garima Development Bank
Shivam Cement
Bizshala

​राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा गठित सिफारिस समितिले अब प्राप्त ५० वटा आवेदनको सर्टलिष्ट तयार गर्नेछ। सो सूचीबाट उत्कृष्ट ५ जनाको कार्यक्षमता र व्यावसायिक कार्ययोजनाको प्रस्तुति लिइनेछ। 

अन्त्यमा, समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ, जसमध्ये एक जनालाई सरकारले आगामी ४ वर्षका लागि प्राधिकरणको नयाँ अध्यक्ष नियुक्त गर्नेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.