काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको चौथो सांग्रिला साइकल र्याली यही जेठ २३ गते आयोजना हुने भएको छ । विश्व वातावरण दिवसको अवसर पारेर आयोजना हुदै आएको सांग्रिला साइकल र्याली शनिबार आयोजना हुन लागेको हो ।
र्याली, काठमाण्डौको गैरीधारास्थित एलिस रिसेप्सनबाट बिहान ७ बजेदेखि शुरु भइ दरबार मार्ग, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपूल, जैन भवन, सांग्रिला डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालय बालुवाटार हुँदै एलिस रिसप्सेन गैरीधारामा पुगेर समापन हुनेछ ।
‘राइड फर अ ग्रिनर टुमारो’ नामक नाराका साथ आयोजना हुन लागेको यो साइकल र्याली करिब १४ किलोमिटरको हुनेछ ।
र्यालीमा सहभागी हुन ह्वाट्स नम्बर स्क्यान गरी नाम दर्ता गराउन सकिनेछ। र्यालीमा सहभागीमध्ये एक जनालाई गोलाप्रथाबाट माउन्टेन बाइक प्रदान गरिने बैंकले जनाएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले दिगोपना, स्वास्थ्य र वातावरणीय जिम्मेवारीलाई प्रवद्र्धन गर्ने उद्देश्यले यसअघि पहिलो, दोश्रो र तेश्रो साइकल र्याली आयोजना गरिसकेको छ ।

