काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छुटको व्यवस्था गरेको छ ।कम्पनीले साविकको प्राइम,यूनियन र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा २५ देखि शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो ।
कम्पनीले वैशाख ९ गतेदेखि २४ गतेसम्म नविकरण गराउँदा बीमा शुल्कमा लाग्ने बिलम्ब शुल्कमा छुटको व्यवस्था गरेको छ । ३ वर्षसम्मको बीमालेख नविरण गर्दा शतप्रतिशत छुट,३ वर्षभन्दा माथि देखि ५ वर्षसम्म ५० प्रतिशत, ५ वर्षदेखि माथि ७ वर्षसम्म ३५ प्रतिशत र ७ वर्षदेखि माथि जतिसुकै अवधिका लागी २५ प्रतिशत ब्याज छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस्तो छुट बीमा अवधिभर एकपटक मात्रै प्रदान गरिने छ ।
यो छुट योजनामा समावेश भई नविकरण भएका बीमालेखहरु नविकरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको ब्याज छूटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ ।