मंगलवार, असार ३,२०८२ 07:45:14
  • मंगलवार, असार ३,२०८२ 07:45:14
Global IME Bank Limited

नारायणी डेभलपमेन्टको घाटामा ८७.०२% को कमी, खराब कर्जा अनुपात भने ३१.७७%

Hyundai Nepal
नारायणी डेभलपमेन्टको घाटामा ८७.०२% को कमी, खराब कर्जा अनुपात भने ३१.७७%
Nabil Bank Limited

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड उल्लेख्य रुपमा घाटा कम गर्न सफल भएको छ । बैंक चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म ४२ लाख ७१ हजार रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८७.०२ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंक ३ करोड २९ लाख रुपैयाँले घाटामा रहेको थियो ।  

घाटा घटेपनि बैंकको खुद ब्याज आम्दानीमा भने सुधार भएको छैन । समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४८.८६ प्रतिशतको गिरावट आएको छ । बैंकले तेस्रो त्रैमाससम्म ६४ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी १ करोड २५ लाख रुपैयाँ थियो ।  

बैंकको खुद सञ्चालन आम्दानी भने वृद्धि भएको छ । बैंकको खुद सञ्चालन आम्दानी १०५२.६७ प्रतिशतले बढेर ३ करोड २० हजार रुपैयाँको उचाईमा पुगेको छ । बैंकको इम्पेयरमेन्ट चाजृ २ करोड ३० लाख रुपैयाँले ऋणात्मक रहेको छ । बैंकको कर्मचारी खर्च १ करोड ५५ लाख र अन्य सञ्चालन खर्च १ करोड ३७ लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकको रिटेन्ड अर्निङ ३९ करोड १८ लाख रुपैयाँले ऋणात्मक र रिजर्भ कोषको आकार १८ करोड ७८ लाख रुपैयाँबराबर रहेको छ । तेस्रो त्रैमाससम्म बैंकको निक्षेप संकलन ६३ करोड २८ लाखबाट घटेर ६२ करोड ३७ लाख रुपैयाँमा सीमित बनेको छ ।  

त्यस्तै बैंकको कर्जा प्रवाह पनि ४१ करोड २ लाख रुपैयाँबाट घटेर ३२ करोड ३६ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकको खराब कर्जा अनुपातमा व्यापक वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४.८१ प्रतिशत रहेको खराब बर्जा अनुपात बढेर ३१.७७ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १.६३ रुपैयाँ ऋणात्मक,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २७५.२३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २२.३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५५.५० गुणा,तरलता अनुपात ४१.०४ प्रतिशत र पूँजीकोष अनुपात १०.५५ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.