मंगलवार, आश्विन २७,२०८३ 10:41:38
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 10:41:38
Bizshala
Global IME Bank Limited

नारायणी डेभलपमेन्टको घाटामा ८७.०२% को कमी, खराब कर्जा अनुपात भने ३१.७७%

Bizshala
नारायणी डेभलपमेन्टको घाटामा ८७.०२% को कमी, खराब कर्जा अनुपात भने ३१.७७%
New Office

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड उल्लेख्य रुपमा घाटा कम गर्न सफल भएको छ । बैंक चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म ४२ लाख ७१ हजार रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८७.०२ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंक ३ करोड २९ लाख रुपैयाँले घाटामा रहेको थियो ।  

घाटा घटेपनि बैंकको खुद ब्याज आम्दानीमा भने सुधार भएको छैन । समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ४८.८६ प्रतिशतको गिरावट आएको छ । बैंकले तेस्रो त्रैमाससम्म ६४ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको सोहि अवधिमा बैंकको खुद ब्याज आम्दानी १ करोड २५ लाख रुपैयाँ थियो ।  

बैंकको खुद सञ्चालन आम्दानी भने वृद्धि भएको छ । बैंकको खुद सञ्चालन आम्दानी १०५२.६७ प्रतिशतले बढेर ३ करोड २० हजार रुपैयाँको उचाईमा पुगेको छ । बैंकको इम्पेयरमेन्ट चाजृ २ करोड ३० लाख रुपैयाँले ऋणात्मक रहेको छ । बैंकको कर्मचारी खर्च १ करोड ५५ लाख र अन्य सञ्चालन खर्च १ करोड ३७ लाख रुपैयाँ रहेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

बैंकको रिटेन्ड अर्निङ ३९ करोड १८ लाख रुपैयाँले ऋणात्मक र रिजर्भ कोषको आकार १८ करोड ७८ लाख रुपैयाँबराबर रहेको छ । तेस्रो त्रैमाससम्म बैंकको निक्षेप संकलन ६३ करोड २८ लाखबाट घटेर ६२ करोड ३७ लाख रुपैयाँमा सीमित बनेको छ ।  

त्यस्तै बैंकको कर्जा प्रवाह पनि ४१ करोड २ लाख रुपैयाँबाट घटेर ३२ करोड ३६ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकको खराब कर्जा अनुपातमा व्यापक वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४.८१ प्रतिशत रहेको खराब बर्जा अनुपात बढेर ३१.७७ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १.६३ रुपैयाँ ऋणात्मक,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २७५.२३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २२.३ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५५.५० गुणा,तरलता अनुपात ४१.०४ प्रतिशत र पूँजीकोष अनुपात १०.५५ प्रतिशत कायम भएको छ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X