बिहीबार, श्रावण २१,२०८३ 04:46:49
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 04:46:49
Bizshala
Global IME Bank Limited

भैरहवाको भाटभटेनीमा ‘आईएनआई सिनेमा’ सञ्चालनको तयारी

भैरहवाको भाटभटेनीमा ‘आईएनआई सिनेमा’ सञ्चालनको तयारी
New Office

काठमाण्डौ । युवा व्यवसायी आभास कुँवरको लगानीमा भैरहवाको भाटभटेनी सुपर मार्केटमा ‘आईएनआई सिनेमा’ सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।

लन्डनमा चार वर्ष ‘ब्याचलर इन बिजनेस म्यानेजमेन्ट’ अध्ययन पूरा गरी नेपाल फर्केका काठमाण्डौ टोखा–६ धापासीका कुँवरले स्वदेशमै केही गर्ने उद्देश्यका साथ उक्त फिल्म हल सञ्चालनमा ल्याउने तयारी गरेका हुन् । उक्त हलको एक विशेष समारोहका बिच जेठ २५ गते सोमबार शुभारम्भ गर्ने तयारी गरिएको छ ।

भैरहवा आसपासका क्षेत्रका दर्शकलाई फिल्म हेराई नयाँ अनुभव प्रदान गर्ने उदेश्यले अत्याधुनिक प्रविधि र सुविधा सम्पन्न फिल्म हल सञ्चालनमा ल्याउन लागिएको युवा व्यवसायी कुँवरले बताए ।

विदेशमा उच्च शिक्षा हासिल गरेपछि आफ्नै देशमा व्यापार–व्यवसाय सञ्चालन गरी रोजगारी सिर्जना गर्ने र देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले कुँवरले उक्त सिनेमा हलमा लगानी गरेका हुन् ।

दुईवटा मल्टिप्लेक्स स्क्रिनसहित सञ्चालनमा आउन लागेको उक्त हलमा प्रत्येक थिएटरको क्षमता १९८ सिट रहेको छ । सिनेमा हलमा नेपालमै पहिलो पटक भित्रिएको दाबी गरिएको नवीन प्रविधि जडान गरिएको छ ।

दर्शकले अब ‘सिल्भर स्क्रिन’मा अत्याधुनिक साउन्ड सिस्टमको साथमा चलचित्रको बेग्लै मज्जा लिन पाउनेछन् । यो साउन्ड सिस्टम र प्रविधि नेपाल अधिराज्यमै अहिलेसम्मकै उत्कृष्ट र अत्याधुनिक रहेको सञ्चालले दाबी गरेका छन् ।

पछिल्लो समय व्यापारिक केन्द्रको रूपमा विकास भइरहेको भैरहवामा यो स्तरको अत्याधुनिक सिनेमा हल सञ्चालनमा आउनुले यहाँको पर्यटन र मनोरञ्जन क्षेत्रमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

भाटभटेनी जस्तो व्यावसायिक केन्द्रमा हल सञ्चालन हुने भएपछि दर्शकका लागि सपिङ र सिनेमा दुवैको आनन्द एकै ठाउँमा प्राप्त हुने जनाइएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.