शुक्रबार, असार २६,२०८३ 08:02:54
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 08:02:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मध्य ताराखोला हाईड्रोपावरले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

Laxmi Sunrise Bank Limited
मध्य ताराखोला हाईड्रोपावरले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

काठमाण्डौ । मध्य ताराखोला हाईड्रोपावर कम्पनीले सर्वसाधारणमा आईपीओ ल्याउने तयारी गरेको छ । कम्पनीले प्रारम्भिक तयारी स्वरुप आईपीओको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।

असार १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार २४ गते कम्पनी रजिष्टर्डको कार्यालय बाग्लुङमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र यस सम्बन्धमा नियमनकारी निकायबाट कुनै आवश्यक संशोधन तथा परिमार्जन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तिदयारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै सभामा सञ्चालक समितिका तर्फबट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, उक्त अवधिको सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु समेत अनुमोदन गरिनेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.