सोमबार, असार २,२०८२ 12:22:26
  • सोमबार, असार २,२०८२ 12:22:26
Global IME Bank Limited

आईपीओ निष्कासन गर्दै पुवा खोला–वान हाईड्रोपावर

Hyundai Nepal
आईपीओ निष्कासन गर्दै पुवा खोला–वान हाईड्रोपावर
Nabil Bank Limited

काठमाण्डौ । पुवा खोला–वान हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले विशेष साधारण सभाबाट आईपीओ निष्कासनको प्रस्ताव पारित गगर्दैछ। कम्पनीको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम यहि वैशाख १५ गते विशेष साधारण सभा आयोजना गर्ने गईरहेको छ ।  

उक्त सभामा आईपीओ निष्कासन गर्ने र उक्त कार्यका लागि कम्पनीको तर्फबाट अख्तियारीनामा दिने प्रस्ताव पारित गरिनेछ । यसका साथै नयाँ परियोजनामा लगानी गर्ने र कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

कम्पनीमा एलएस (लक्ष्मी सनराइज) क्यापिटल कोष प्रबन्धक रहेको  लक्ष्मी सस्टेनेबल एनर्जी फण्डले  रणनीतिक लगानी गर्दैछ । यस सम्बन्धि एलएस क्यापिटल र पुवा खोलाबीच सम्झौता पनि भईसकेको छ ।  

कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले पुवा खोला जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाले विद्युत उत्पादन थालिसकेको छ । इलाम जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता ४ मेगावाट रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.