बुधबार, श्रावण १३,२०८३ 02:37:21
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 02:37:21
Bizshala
Global IME Bank Limited

इरानले राष्ट्र संघलाई भन्यो, ‘स्ट्रेट अफ हर्मुज क्षेत्रमा नियन्त्रण राख्न पाउनु हाम्रो अधिकार हो’

इरानले राष्ट्र संघलाई भन्यो, ‘स्ट्रेट अफ हर्मुज क्षेत्रमा नियन्त्रण राख्न पाउनु हाम्रो अधिकार हो’
New Office

काठमाण्डौ । इरानले संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) मा हर्मुज जलमार्गको केही भाग आफ्नो क्षेत्रीय समुद्री सीमाभित्र पर्ने दाबी गर्दै त्यसमाथि सार्वभौम अधिकार रहेको जनाएको छ।

आईएमओमा पेश गरिएको दस्तावेजमा इरानले अन्तर्राष्ट्रिय समुद्री कानूनअनुसार तटीय राष्ट्रले आफ्नो क्षेत्रीय समुद्री सीमामा सार्वभौमसत्ता, अधिकारक्षेत्र तथा प्रशासनिक अधिकार प्रयोग गर्न पाउने उल्लेख गरेको छ। यद्यपि, इरानले जलडमरूमध्यको कुन–कुन भागमा आफ्नो दाबी लागू हुन्छ भन्ने स्पष्ट पारेको छैन।

इरानले जहाज आवागमनमाथि थप नियन्त्रण कायम गर्दै भविष्यमा हर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट शुल्क उठाउने तयारी गरिरहेको आशंका अन्तर्राष्ट्रिय जहाजरानी उद्योग र छिमेकी मुलुकहरूले गरेका छन्। यसबीच अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) ले कुनै पनि अवाञ्छित अवरोध वा एकपक्षीय दाबी स्वीकार नगरी समुद्री मार्गमा स्वतन्त्र आवागमन सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ।

अमेरिका–इरानबीच अन्तरिम शान्ति सम्झौता भएपछि पनि हर्मुज जलमार्गको ओमानतर्फको जहाज मार्गमा कम्तीमा चारवटा व्यापारिक जहाजमाथि आक्रमण भएका छन्। ती घटनाले अन्तर्राष्ट्रिय जहाज कम्पनी तथा चालकदलमा सुरक्षा चिन्ता बढाएको छ।

यसैबीच, लन्डनस्थित आइएमओ परिषद्को बैठकमा महत्त्वपूर्ण समुद्री मार्गहरूको सुरक्षा मुख्य एजेन्डाका रूपमा छलफल भइरहेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले भने हर्मुज जलमार्ग पार गर्न जहाजहरूले आफ्नो अनुमति लिनुपर्ने दाबी दोहोर्याउँदै आएको छ। साथै, इरानले जहाज आवागमन व्यवस्थापन गर्न ‘पर्सियन गल्फ स्ट्रेट अथोरिटी’ नामक निकाय पनि स्थापना गरेको छ।

इरानले फ्रान्स, जर्मनी तथा संयुक्त अरब इमिरेट्सलगायतका देशहरूले प्रस्ताव गरेको आइएमओ परिषद्को घोषणापत्रसमेत अस्वीकार गरेको छ। उक्त प्रस्तावमा होर्मुज जलडमरूमध्य वरपर इरानका गैरकानुनी गतिविधिप्रति चिन्ता व्यक्त गरिएको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.