काठमाण्डौ । नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागले सार्वजनिक बिदाका दिनमा समेत रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली नियमित रूपमा सञ्चालन हुने जनाएको छ।
विभागद्वारा जारी सूचनाअनुसार आगामी असार २७ गते शनिबार र असार २८ गते आइतबार सार्वजनिक बिदा भए पनि आरटीजीएस प्रणाली बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ।
बैंक तथा वित्तीय संस्थामार्फत हुने ठूला रकमका विद्युतीय भुक्तानी कारोबारलाई सहज बनाउन आरटीजीएस सेवा निरन्तर सञ्चालनमा राखिएको विभागले जनाएको छ।

