मंगलवार, आश्विन १३,२०८३ 09:41:41
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 09:41:41
Bizshala
Global IME Bank Limited

स्वास्थ्य सेवा र समुदायको हितमा मुक्तिनाथ विकास बैंकको अभियान, व्हीलचेयर तथा स्वच्छ खानेपानीका सामाग्रीहरु हस्तान्तरण

Bizshala
स्वास्थ्य सेवा र समुदायको हितमा मुक्तिनाथ विकास बैंकको अभियान, व्हीलचेयर तथा स्वच्छ खानेपानीका सामाग्रीहरु हस्तान्तरण
New Office

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक कल्याणमा टेवा पुर्याउने उद्देश्यले विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामाजिक संस्था तथा स्थानीय तहलाई आवश्यक सामग्रीहरु हस्तान्तरण गरेको छ ।

यस कार्यक्रम अन्तर्गत बैंकले सामाजिक तथा सरकारी अस्पताल, स्वास्थ्य चौकी लाई र स्थानीय तह मार्फत २६ वटा व्हीलचेयर उपलब्ध गराएको छ । बैंकले सल्यान जिल्ला अस्पताललाई १० थान, त्रिवेणी गाउँपालिका स्थित त्रिवेणी स्वास्थ्य चौकीलाई ३ थान, रंगेली मोरङ्ग स्थित रंगेली अस्पताललाई १० थान र ओमसतिया गाउँपालिका–१ नं. वडा कार्यालय मार्फत शारीरिक रूपमा फरक क्षमता भएका तथा आवश्यकता भएका व्यक्तिहरूका लागि ३ थान व्हीलचेयर हस्तान्तरण गरेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसैगरी, बैंकले पथरी नगर अस्पताल, पथरीलाई ३–सिटे कुर्सी ४ थान, मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई ३ वटा विद्युतीय पानी डिस्पेन्सर र सल्यान स्थित जनकल्याण आधारभूत विद्यालयलाई ४ वटा वाटर प्युरिफायर हस्तान्तरण गरेको छ ।

बैंकले स्वास्थ्य सेवा, शिक्षा र सामाजिक समावेशीतालाई प्राथमिकतामा राख्दै बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । 

आगामी दिनहरूमा पनि समुदायको दिगो विकास र जनकल्याणमा योगदान पुर्याउने यस्ता पहललाई अझ प्रभावकारी रूपमा अघि बढाइने बैंकले जनाएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.