आईतवार, बैशाख ६,२०८३ 11:44:56
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:44:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारत भ्रमण रद्द गर्दै चीन पुगे एलन मस्क, टेस्लाको सेल्फ ड्राईभिङ सफ्टवेयर रोलआउट गर्ने तयारी

Bizshala
भारत भ्रमण रद्द गर्दै चीन पुगे एलन मस्क, टेस्लाको सेल्फ ड्राईभिङ सफ्टवेयर रोलआउट गर्ने तयारी
Shivam Cement

काठमाण्डौ । भारत आउने योजना रद्द गरेका अमेरिकी धनाढ्य एलन मस्क चीन पुगेका छन् । मस्क आफ्नो पूर्वनिर्धारित योजना बिनै चीन पुगेको र टेस्लासँग सम्बन्धित केहि नयाँ योजना समेत लगेर गएको जनाइएको छ ।  

मस्कले चीनमा ‘फुल सेल्फ ड्राईभिङ(एफएसडी)सफ्टवेयरको रोलआउट र विदेशमा डेटा ट्रान्सफर गर्ने विषयमा छलफल गर्ने छन् । डेटा ट्रान्सफरबाट मस्कले आफ्नो एल्गोरिदमलाई ट्रेन गर्ने छन् र त्यसलाई अझै राम्रो बनाउन काम गर्नेछन् ।  

मिडिया रिपोर्टका अनुसार मस्कले बेईजिङमा चीनका प्रधानमन्त्री ली कियाङसँग भेटवार्ता समेत गरेका छन् । उक्त भेटका क्रममा ली ले मस्कलाई चीनमा टेस्लाको विकासलाई अमेरिका र चीनबीचको आर्थिक तथा व्यवसायिक सहयोगको सफल उदाहरणका रुपमा लिन सकिने बताए ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

एलन मस्कले चिनियाँ प्रधानमन्त्रीसँगको भेटवार्ताको तस्बिर एक्समा पोष्ट गर्दै लीसँग लामो समयदेखि चिनजान रहेको र उनलाई भेटन पाउदा खुसी लागेको बताएका छन् ।  

टेस्लाले ४ वर्षअघि आफ्नो अटो पाइलट सफ्वेयरको अटोनोमस भर्जन‘फुल सेल्फ ड्राईभिङ(एफएसडी) लञ्च गरेको थियो । तर कयौं ग्राहकहरुको आग्रहपश्चात पनि अहिलेसम्म यो सेवा चीनमा भने उपलब्ध हुन सकेको छैन । चीन विश्वको दोस्रो ठूलो ईभी बजार हो ।  

मस्कले यसअघि अप्रिल २२ मा भारत आउने योजना बनाएका थिए । तर अचानक भारत आउने योजना रद्द गर्दै उनी चीन पुगेका हुन् ।  -एजेन्सी

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.