मंगलवार, कार्तिक ३,२०८३ 01:34:49
  • मंगलवार, कार्तिक ३,२०८३ 01:34:49
Global IME Bank Limited

सहारा हेल्थ इन्सुरेन्समार्फत स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै ई–सेवा

मात्र रु. १,३९९ बाट सुरु हुने बीमाबाट रु.६ लाखसम्मको बीमा सुरक्षा

Bizshala
सहारा हेल्थ इन्सुरेन्समार्फत स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै ई–सेवा
New Office

काठमाण्डौ । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य बीमामा पहुँच विस्तार गर्दै गएको छ। यस बीमा योजनामार्फत इसेवाले निकै सुलभ दरमा सर्वसाधारणका लागि झन्झटमुक्त र भरपर्दो स्वास्थ्य बीमा उपलब्ध गराउँदै आएको छ ।

मात्र रु. १ हजार ३९९ बाट शुरु हुने यस बीमा योजनाले स्वास्थ्य तथा दुर्घटनासम्बन्धी सुविधासहित रु. ६ लाखसम्मको बीमा सुरक्षा प्रदान गर्ने इसेवाले जनाएको छ। पूर्ण रूपमा डिजिटल माध्यममा आधारित यो बीमा योजना खरिद गर्नका लागि ग्राहकहरूले कुनै कागजी प्रक्रिया वा बीमा कम्पनीको कार्यालय धाइराख्नु पर्दैन । ग्राहकहरूले यो बीमा योजना इसेवा एपमार्फत केही मिनेटमै खरिद वा नवीकरण गर्न सक्ने छन् ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो आवश्यकता र उमेरअनुसार रु. १ लाख, रु. २ लाख वा रु. ५ लाखसम्मको स्वास्थ्य बीमा योजना खरिद गर्न सक्ने छन् । 

बीमाले २४ घण्टा वा सोभन्दा बढी अवधिको अस्पताल भर्ना उपचार, २५ भन्दा बढी अस्पतालमा नगदरहित उपचार, १५० भन्दा बढी डेकेयर सेवा तथा अस्पताल भर्ना हुनुअघि र डिस्चार्जपछिका योग्य चिकित्सा खर्च समेट्छ ।

साथै, यस बीमामा रु. १ लाखसम्मको दुर्घटना बीमाा पनि उपलब्ध छ । ५ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिका लागि उपलब्ध यो योजना पूर्ण रूपमा डिजिटल माध्यममा आधारित छ। 

ग्राहकहरूले इसेवा एपको ‘इन्सुरेन्स’ सेक्सनबाट आवश्यक विवरण भरी आफ्नो वा आफ्नो परिवारको आवश्यकताअनुसारको कभरेज छनोट गरी इसेवामार्फत भुक्तानी गर्न सक्छन्। भुक्तानी सम्पन्न भएपछि बीमा पोलिसी तत्काल डिजिटल रूपमा उपलब्ध हुन्छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

विभिन्न रोग, दुर्घटना तथा स्वास्थ्यसम्बन्धी जटिलताका कारण सिर्जना हुने आर्थिक भार कम गर्दै गुणस्तरीय स्वास्थ्य बीमामा सर्वसाधारणको पहुँच विस्तार गर्न सहारा हेल्थ इन्सुरेन्स प्रभावकारी माध्यम बनेको छ, इसेवाले जनाएको छ, सुलभ प्रिमियम, सहज डिजिटल प्रक्रिया र व्यापक कभरेजमार्फत हामी अझ धेरै नेपाली नागरिकसम्म स्वास्थ्य बीमाको पहुँच विस्तार गर्दै नागरिकको स्वास्थ्य तथा वित्तीय सुरक्षालाई सुदृढ बनाउन प्रतिबद्ध छौँ ।

गत भदौदेखि सञ्चालनमा आएको यस बीमा योजनाबाट एक वर्षभन्दा कम समयावधिमै १० हजार भन्दा बढी ग्राहकहरू लाभान्वित भइसकेका छन् । डिजिटल माध्यमबाट बीमा सेवालाई सहज बनाउने उद्देश्यका साथ इसेवाले आफ्नो डिजिटल वित्तीय सेवाको दायरा निरन्तर विस्तार गर्दै आएको छ। 

बीमा सेवामा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्न इसेवाले विभिन्न बीमा कम्पनीहरूसँगको सहकार्यमा अन्य थुप्रै बीमा योजनाहरू पनि उपलब्ध गराउँदै आएको छ। 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.