काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ लाख कित्ता बढी संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको छ । आजदेखि कम्पनीको ५ लाख ९० हजार १८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
न्यूनतम प्रतिकित्ता मूल्य १७० रुपैयाँ निर्धारण गरिएको कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापक वा अन्य जो कोहि व्यक्ति वा कम्पनीहरुले खरिद आवेदन पेश गर्न सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले थापाथलीमा रहेको एनआईसी एशिया क्यापिटलको कार्यालयमा प्रतिकित्ता के कति दरमा सेयर लिन चाहेको उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । सेयर खरिदका लागि न्यूनतम २ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
इच्छुक लगानीकर्ताले आगामी जेठ ३ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ ।