बिहीबार, श्रावण २१,२०८३ 01:47:58
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 01:47:58
Bizshala
Global IME Bank Limited

आजै सार्वजनिक हुँदै पूँजी बजार विकास मार्गचित्र, लगानीकर्ता र सेबोनबीच छलफल हुने

आजै सार्वजनिक हुँदै पूँजी बजार विकास मार्गचित्र, लगानीकर्ता र सेबोनबीच छलफल हुने
New Office

काठमाण्डौ। धितोपत्र बजार सुधार, लगानीकर्ताको हकहित संरक्षण तथा बजारप्रतिको विश्वास पुनःस्थापित गर्ने उद्देश्यसहित नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज पूँजीबजार विकास मार्गचित्र सार्वजनिक गर्ने तयारी गरेको छ। सेबोनले यसअघि समयबद्ध सुधारको मार्गचित्र ल्याउने प्रतिबद्धता जनाएको थियो।

मार्गचित्र सार्वजनिक गर्नुअघि सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्ट र लगानीकर्ता प्रतिनिधिबीच छलफल हुने कार्यक्रम तय भएको छ। छलफलमा लगानीकर्ताका तर्फबाट तिलक कोइराला, सुरज खड्का, डा. हरिकुमार कार्की, खोमनाथ प्याकुरेल, पुरुषोत्तम कँडेल, कमला ओलीलगायत प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ।

छलफलमा बजार सुधारका नीतिगत उपाय, लगानीकर्ता संरक्षण, बजारमा देखिएका संरचनागत समस्या तथा दीर्घकालीन सुधारका विषयमा केन्द्रित हुने अपेक्षा गरिएको छ। अध्यक्ष भट्टले पुँजी बजार सुधारका लागि क्यापिटल मार्केट रेस्क्यु प्लान सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

यसैबीच, मार्गचित्र आजै सार्वजनिक नभए भोलिदेखि ब्रोकर कार्यालयमा ताला लगाउने चेतावनी केही लगानीकर्ता समूहले दिएका छन्। पछिल्लो समय निरन्तर ओरालो लागेको बजारप्रति सरकार र नियामक निकायले प्रभावकारी नीतिगत हस्तक्षेप गर्नुपर्ने माग लगानीकर्ताले उठाउँदै आएका छन्।

आजै नेपाल सेयरधनी संघको पहलमा लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड परिसरमा पुगेर बजार सुधारका लागि शीघ्र नीतिगत निर्णय, लगानीकर्तामैत्री वातावरण निर्माण तथा बजारमा विश्वास अभिवृद्धि गर्ने कदम चाल्नुपर्ने माग राख्दै सेबोन घेराउ गरेका थिए । 

लगानीकर्ताहरूले सार्वजनिक हुन लागेको मार्गचित्रमा स्पष्ट कार्ययोजना, कार्यान्वयनको समयसीमा र प्रभावकारी सुधारका उपाय समेटिने अपेक्षा गरेका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.