काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ( नरेन्द्र सिंह विष्ट दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन्।
विष्टको हालको कार्यकाल आगामी साउन ८ गते समाप्त हुँदैछ। त्यसअघि बसेको संस्थाको सञ्चालक समितिको ४८७औँ बैठकले उनलाई पुनः चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
संस्थाका अनुसार सञ्चालक समितिको असार ३१ गते बिहान ८ बजे बसेको बैठकले विष्टलाई आगामी साउन ९ गतेदेखि लागू हुने गरी २०८७ साल साउन ८ गतेसम्मको दोस्रो कार्यकालका लागि पुनर्नियुक्ति गरेको हो।
विष्टले आगामी चार वर्षसम्म स्वावलम्बन लघुवित्तको नेतृत्व सम्हाल्नेछन्।

