काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका सीईओ दीप्रप्रकाश पाण्डेलाई मातृशोक परेको छ।
पाण्डेद्वयकी ९१ वर्षीया आमा इन्दिरा पाण्डेको आज बिहान ८ बजे निधन भएको हो। श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित इन्दिराको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ।
स्वर्गीय इन्दिरा पाण्डेको अन्त्येष्टि आजै काठमाण्डौको पशुपति आर्यघाटमा गरिने भएको छ। उनका तीन छोरा र एक छोरी छन्।

