मंगलवार, कार्तिक ३,२०८३ 03:32:01
  • मंगलवार, कार्तिक ३,२०८३ 03:32:01
Global IME Bank Limited

रिज लाइन इनर्जीले एससी पावरमा २० करोड रुपैयाँ लगानी गर्ने, १५ लाख कित्ता सेयर रोक्का पनि गर्ने निर्णय

Bizshala
रिज लाइन इनर्जीले एससी पावरमा २० करोड रुपैयाँ लगानी गर्ने, १५ लाख कित्ता सेयर रोक्का पनि गर्ने निर्णय
New Office

काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडले हकप्रद सेयर निष्कासनबाट संकलन हुने रकममध्ये २० करोड रुपैयाँ एससी पावर प्रालिमा लगानी गर्ने निर्णय गरेको छ।

कम्पनीको सञ्चालक समितिको असार ३ गते बसेको ११८औँ बैठकले एससी पावर प्रालिद्वारा प्रवर्द्धित कालिकोट जिल्लाको तिला नदीमा निर्माणाधीन ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यले एससी पावरको जगेडा सेयरमा २० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ। उक्त लगानीका लागि आवश्यक रकम रिज लाइन इनर्जीले हकप्रद सेयर निष्कासनमार्फत जुटाउने जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यसैगरी, सोही बैठकले कम्पनीको स्वामित्वमा रहेको काङ हाइड्रोपावर कम्पनी लिमिटेडको प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहेको १५ लाख कित्ता सेयर खरिदबिक्री वा हस्तान्तरण गर्न नपाइने गरी रोक्का राख्ने निर्णय पनि गरेको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीका अनुसार उक्त सेयरहरू ललितपुर महानगरपालिका–१, कुपण्डोलस्थित आफ्नो नाममा रहेको स्वामित्व अन्तर्गत एनएमबी बैंक लिमिटेडको केन्द्रीय कार्यालय, काठमाण्डौमार्फत रोक्का राखिनेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.