काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको मनिष पाण्डेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त भएका छन् । कम्पनीको साउन ५ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई कम्पनीको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार हाल प्रबन्ध सञ्चालक पद रिक्त रहेको अवस्थामा युनाइटेड मोदी हाइड्रोपावरको नियमावलीको नियम ३६ बमोजिम पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।