शनिबार, फाल्गुन १०,२०८१ 08:52:41
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:52:41
IME remit
Global IME Bank Limited

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०८० जारी, यस्तो छ सीईओले पाउने तलब भत्ता र अन्य सुविधा

Hyundai Nepal
बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०८० जारी, यस्तो छ सीईओले पाउने तलब भत्ता र अन्य सुविधा
Nabil Bank Limited

काठमाण्डौ । बीमा कम्पनीहरुले नेपाल सरकारले तोकेको न्यूनतम तलब सुविधा, मुद्रास्फिति दर लगायत अन्य परिसूचकाङ्कको आधारमा प्रमुख कार्यकारी (सीईओ) तथा अन्य कर्मचारीहरुको तलब भत्ता तथा अन्य सुविधा निर्धारण गर्नुपर्ने भएको छ ।  

नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०८० जारी गर्दै सीईओ लगायत अन्य कर्मचारीहरुको तलब, भत्ता तथा अन्य सुविधा निर्धारण गर्नुपर्ने व्यवस्था गरेको हो ।  

बीमा कम्पनीका सञ्चालक समितिले बीमकको कार्य सञ्चालन, कारोबार, व्यवसायिक योजना, नेटवर्थ, दाबी भुक्तानीको अवस्था, मुनाफाको स्थिति, व्यवस्थापन खर्च तथा नेपाल सरकारले तोकेको न्यूनतम तलब सुविधा, मुद्रास्फितिदर लगायत अन्य परिसूचकाङ्कको आधारमा सीईओ तथा कर्मचारीको तलब निर्धारण गर्नुपर्नेछ ।  

कार्यकारी प्रमुख (सीईओ)को हकमा प्राधिकरणबाट जारी बीमकको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शनको आधारमा तोकिनुपर्नेछ ।  

बीमा कम्पनीका सीईओहरुले १ करोड ३० लाख हाराहारीसम्म तलब भत्ता खाने गर्दछन् । तलब भत्तासँगै बीमा कम्पनीका सीईओहरुलाई बीमाशुल्क सुविधा र अन्य सुविधासमेत आफ्नो कार्यकालसम्म प्राप्त हुन्छ ।  

प्राधिकरणले जारी गरेको बीमकको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन, २०७४ बमोजिम बीमा कम्पनीले कार्यकारी प्रमुखलाई दफा ४ को उपदफा (२) को सीमाभित्र रही विभिन्न बीमाको बीमाशुल्क प्रदान गर्न सक्नेछ भनी उल्लेख छ ।

मार्गदर्शनबमोजिम बीमा कम्पनीहरुले सीईओलाई सावधिक जीवन बीमा, दुर्घटना बीमा र निजको एकाघर परिवारको स्वास्थ्य बीमाका लागि बीमाशुल्क उपलब्ध गराउनेछन् ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

तर, बीमा कम्पनीले मागर्दशर्नको दफा ४ को उपदफा (२)मा भएबमोजिम विगत ३ आर्थिक वर्षको औसत कर्मचारी खर्चको ६ प्रतिशतसम्म र ३ आर्थिक वर्षको अन्तको औसत कुल सम्पत्तिको क्रमशः ०.१ प्रतिशत र ०.५ प्रतिशतसम्मको आधारमा गणना गर्दा जुन मापदण्डबाट न्यूनतम रकम आउँछ, सोहीअनुरुपको निश्चित वार्षिक तलब–भत्ताअनुसारकै बीमाशुल्क उपलब्ध हुनेछ ।

यसका साथै बीमकको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधा मार्गदर्शन, २०७४ बमोजिम बीमा कम्पनीका सीईओहरुलाई अन्य सुविधाहरुसमेत उपलब्ध हुनेछ । मार्गदर्शनबमोजिम १ थान मोबाइल सेट र सोको वास्तविक खर्च, १ थान ल्यापटप, १ लाइन इन्टरनेट जडान र सोको वास्तविक खर्च, सवारीसाधनका लागि आवश्यक पर्ने इन्धन र चालक वा नेपाल सरकारको प्रथम तहसरहको चालक खर्च, बीमा कम्पनीले कर्मचारीलाई छुट्याएको सेयरबापतको अंश माध्यमबाट कार्यकारी प्रमुखले प्राप्त गर्न सक्ने सेयरबापतको रकम चुक्ता प्रदान गरिने सेयरको सुविधा प्राप्त हुन्छ ।  

त्यस्तै, कार्यकारी प्रमुखलाई अन्य र व्यावसायिक सदस्यता र पत्रपत्रिकाका लागि दफा ४ को उपदफा (२) बमोजिम हुन आउने वार्षिक तलब–भत्ताको १ प्रतिशतसम्म खर्च सुविधा र विदेश यात्रामा जाँदा यात्रा अवधिभरिका लागि दिइने यात्रा तथा स्वास्थ्य (ट्राभल तथा मेडिक्लेम इन्स्योरेन्स)को सुविधा बीमा कम्पनीले सीईओलाई उपलब्ध गराउनेछ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.