काठमामण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)को जिम्मेवारी नायब प्रमुख कार्यकारी अधिकृत दिनेश बहादुर अमात्यलाई प्रदान गरेको छ।
कम्पनीको सञ्चालक समितिको मिति साउन ११ गते बिहान बसेको ७५औँ बैठकले अमात्यलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
सञ्चालक समितिको निर्णयअनुसार अमात्यले साउन ११ गतेदेखि लागू हुने गरी कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्।

