काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै आव २०७२/७३ देखि आव २०७४/७५ को साधारण सभाबाट पारित भएको नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।
सेयरधनीहरुले सूचना प्रकाशित भएको ३० दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्मेन्ट बैंकिङ लिमिटेडमा सम्पर्क गरि आफूले बुझिलिन बाँकी रहेको नगद लाभांश बुझिलिनु पर्नेछ ।
अन्यथा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।