बुधबार, श्रावण २०,२०८३ 08:07:03
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 08:07:03
Bizshala
Global IME Bank Limited

‘ब्लू सर्ज - पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदारहरू स्वदेश फिर्ता

‘ब्लू सर्ज - पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ सम्पन्न गरी यामाहा नेपालका साझेदारहरू स्वदेश फिर्ता
New Office

काठमाण्डौ । ‘ब्लू सर्ज – पावरिंग अहेड टुगेदर पार्टनर्स मीट २०२६’ मा सहभागी हुन थाइल्याण्ड गएका यामाहा नेपालका साझेदार तथा यामाहा टिम पाँचदिने अविस्मरणीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। जुलाई २७ देखि ३१ सम्म आयोजना गरिएको यस कार्यक्रमले पटायादेखि बैंककसम्मको यात्रा र औपचारिक साझेदार सम्मेलनसँगै आपसी सम्बन्ध सुदृढ गर्ने र सफलताको उत्सव मनाउने अवसर प्रदान गरेको थियो।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा दोस्रो दिन यामाहा नेपाल पार्टनर्स मीट एवम् नेटवर्किङ सेसनहरू संचालन गरिएका थिए। त्यसपछि आयोजित ‘गाला डिनर’मा गत वर्ष उत्कृष्ट प्रदर्शन गर्ने डिलरहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।

यस क्रममा बीएण्ड बी अटो ट्रेडर्स प्रालि, विराटचोकले बेस्ट सोसल मिडिया प्रेजेन्स अवार्डप्राप्त गर्यो भने MAW प्रालि, नेपालगञ्जले बेस्ट रिटेल फाइनान्स पेनिट्रेसन अवार्ड जित्न सफल भयो। लुम्बिनी अटो वर्क्स, ग्वार्कोलाई बेस्ट स्पेयर्स अवार्ड प्रदान गरिएको थियो भने राज मोटर्स प्रालि, हेटौंडाले बेस्ट सर्भिस अवार्ड हात पारेको थियो। 

त्यसैगरी V.A.W इन्टरप्राइजेज प्रा. लि., पोखराले हाइएस्ट AMC सेल्स अवार्ड प्राप्त गरेको थियो। बेस्ट डिलर विधाअन्तर्गत दिपेश इन्जिनियरिंग अटो पार्ट्स एण्ड सप्लायर्स, मेहेल कुनाले क्याटेगोरी A0, बीएण्ड बी अटो ट्रेडर्स प्रालि, विराटचोकले क्याटेगोरी A1, राज मोटर्स प्रालि, हेटौंडाले क्याटेगोरी A2 तथा नवीन अटो सेन्टर, नारायणघाटले क्याटेगोरी A3 मा उत्कृष्ट डिलरको सम्मान प्राप्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै यामाहा मोटर इण्डिया ग्रुपका अध्यक्ष हाजिमेअ ओटाले यामाहाका लागि नेपाल सबैभन्दा महत्वपूर्ण बजार भएको उल्लेख गर्दै नेपालको इलेक्ट्रिफिकेसनतर्फको विशिष्ट यात्राको प्रशंसा समेत गरे। उनले थाइल्याण्डजस्ता ठूलो इन्जिन उत्पादन बेस भएका बजारहरूभन्दा फरक रूपमा नेपाल इलेक्ट्रिक भेहिकल (EV) को विस्तारका लागि अत्यन्त उपयुक्त बजार रहेको बताए। 

साथै, उनले भारतभन्दा बाहिर पहिलोपटक यामाहा ब्रान्डका e-Zero सिरिज इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गर्ने बजारका रूपमा नेपाललाई छनोट गरिएको जानकारी दिए।

उनले भने, “यामाहा मोटर इण्डिया ग्रुपका लागि नेपाल सबैभन्दा महत्वपूर्ण बजारमध्ये एक हो। यहाँको इलेक्ट्रिफिकेसनको यात्रा मौलिक छ। त्यसैले हामीले भारतबाहिर पहिलोपटक e-Zero Series इलेक्ट्रिक मोटरसाइकल नेपालमै ल्याउने निर्णय गरेका छौं। आउनुहोस्, हामी सबै मिलेर अझ उज्ज्वल भविष्यको निर्माण गरौं।”

उनले थपे, “इलेक्ट्रिक भेहिकलप्रतिको आकर्षण तीव्ररूपमा बढिरहेको सन्दर्भमा नेपाल यामाहाका लागि अति महत्वपूर्ण र सम्भावनायुक्त बजार हो। हामीले निकट भविष्यमै नेपालमा हाम्रो इलेक्ट्रिक भेहिकल सार्वजनिक गर्ने तयारी गरिरहेका छौं। यो नेपाली बजारप्रतिको हाम्रो विश्वासको उदाहरण हो। यसपटकको थाइल्याण्ड भ्रमणमा आगामी वर्षको उत्पादन योजना सम्बन्धी प्रि-अलोकेसन बैठक पनि समावेश गरिएको छ।”

MAW राइड्स प्रालिका अध्यक्ष विष्णु कुमार अग्रवालले वर्षभरि समर्पणका साथ काम गर्ने सम्पूर्ण यामाहा डिलरहरूप्रति आभार व्यक्त गर्दै भने, “यस वर्ष यामाहाले तय गरिएका लक्ष्यहरूभन्दा बढी उपलब्धि हासिल गरेकाले त्यसको सफलताको उत्सवका रूपमा यो थाइल्याण्ड भ्रमण आयोजना गरिएको हो। हाम्रो डिलर नेटवर्कको सामूहिक प्रयासप्रति म अत्यन्त गौरवान्दित छु। यही उत्साह र प्रतिबद्धतालाई निरन्तर कायम राख्दै आगामी वर्षलाई अझ सफल बनाउन हामी सबै एकताबद्ध भएर अघि बढ्नेछौं भन्ने विश्वास लिएको छु।”

मुख्य कार्यक्रमबाहेक सहभागीहरूले थाइल्याण्डमा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरूमा पनि सहभागिता जनाएका थिए। उनीहरूले स्पिडबोटमार्फत कोरल आइल्याण्ड भ्रमण, बैंककका प्रमुख शहर तथा मन्दिरहरूको अवलोकन, किनमेल तथा साँझको क्रुज यात्राको समेत अनुभव लिएका थिए।

‘ब्लू सर्ज – पावरिंग अहेड टुगेदर पार्टनर्समीट २०२६’ सफलतापूर्वक सम्पन्न भएपछि यामाहा नेपालका साझेदारहरू नयाँ ऊर्जा, अझ बलियो सहकार्यको भावना र आगामी वर्षलाई थप सफल बनाउने प्रतिबद्धतासहित स्वदेश फर्किएका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.