काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीर्घ बहादुर अर्यालले दिएको राजीनामा स्वीकृत भएको छ।
संस्थाको साउन २१ गते बिहान साढे ११ बजे सम्पन्न सञ्चालक समितिको २४२औँ बैठकले अर्यालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।
अर्यालले साउन १८ गते आफ्नो पदबाट राजीनामा दिएका थिए। सञ्चालक समितिको निर्णयअनुसार साउन २१ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि संस्थाका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद आचार्यलाई कायममुकायम(कामु) प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।