शुक्रबार, श्रावण २२,२०८३ 03:05:18
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 03:05:18
Bizshala
Global IME Bank Limited

२० करोड घाटाबाट नाफामा फर्कियो जानकी फाइनान्स, इपीएस धनात्मक तर एनपीएल अझै नाजुक !

२० करोड घाटाबाट नाफामा फर्कियो जानकी फाइनान्स, इपीएस धनात्मक तर एनपीएल अझै नाजुक !
New Office

काठमाण्डौ । जानकी फाइनान्स कम्पनी नाफामा उक्लिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ९३ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।  

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने कम्पनीले २० करोड ७२ लाख ९४ हजार रुपैयाँ घाटा ब्यहोरेको थियो ।  

कम्पनीको खुद ब्याज आम्दानीमा आएको सुधारसँगै इम्पेयरमेन्ट चार्ज अर्थात् प्रोभिजनिङ शुल्क घट्दा नाफा वृद्धिमा टेवा पुगेको हो ।  

अघिल्लो आवमा १६ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको जानकीले गत आवमा भने १७ करोड १५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यसर्थ कम्पनीको यस्तो आम्दानी २.८८ प्रतिशतले वृद्धि भएको छ ।  

त्यस्तै, कम्पनीको इम्पेयरमेन्ट चार्ज भने ७७.०४ प्रतिशतले घट्न पुगेको छ । अघिल्लो आवमा २ अर्ब १८ करोड १८ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज तिरेको यस कम्पनीले गत आवमा भने ५० करोड १० लाख रुपैयाँ मात्रै इम्पेयरमेन्ट चार्ज छुट्याएको छ । यसकारण पनि कम्पनी नाफामा उक्लिएको हो ।  

६९ करोड ४ लाख रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीले गत आवमा रिजर्भमा ४३ करोड ९ लाख रुपैयाँ संचित गरेको छ भने रिटेन्ड अर्निङ भने एक अर्ब १२ करोड ७५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।  

कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) ४८.६१ प्रतिशतबाट बढेर ६१.५५ प्रतिशत पुगेको छ भने पूँजीकोष अनुपात ६.१४ प्रतिशत ऋणात्मक, कस्ट अफ फण्ड ६.८९ प्र िशत, सीडी रेसियो ९३.३९ प्रतिशत, स्प्रेड दर ४.६० प्रतिशत र बेस रेट ९.८० प्रतिशत पुगेको छ ।  

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) ३०.०२ रुपैयाँ ऋणात्मक रहेकोमा सुधारिएर १.३५ रुपैयाँ धनात्मक भएको छ । त्यस्तै, नेटवर्थ ०.८९ रुपैयाँ ऋणात्मक, मूल्य आम्दानी अनुपात (पीई रेसियो) २८३.७ गुणा, तरलता अनुपात ३७.९४ प्रतिशत रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.