मंगलवार, आश्विन १३,२०८३ 11:07:31
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 11:07:31
Bizshala
Global IME Bank Limited

उद्योगमन्त्री गौरी यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन

Bizshala
उद्योगमन्त्री गौरी यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन
New Office

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन गरेकी छन्।

सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा सञ्चालनमा आएको उक्त बिक्री कक्षबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्यवस्तु तुलनात्मक रूपमा सुलभ मूल्यमा खरिद गर्न सक्नेछन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वार्षिकोत्सवका अवसरमा सुरु गरिएको बिक्री कक्षमा करिब १२४ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री बिक्रीका लागि राखिएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बजारमा खाद्यवस्तुको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न र उपभोक्तामाथिको आर्थिक भार कम गर्न बिक्री कक्ष सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

उद्घाटनका क्रममा मन्त्री यादवले उपभोक्तालाई गुणस्तरीय वस्तु सहज र सुलभ मूल्यमा उपलब्ध गराउने कामलाई प्राथमिकता दिनुपर्ने बताइन्।

सिंहदरबारमै बिक्री कक्ष सञ्चालन भएपछि त्यहाँ कार्यरत कर्मचारी, सेवाग्राही तथा आसपासका उपभोक्ताले समेत सहज रूपमा खाद्य सामग्री खरिद गर्न सक्ने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.