काठमाण्डौ । सोल्टी होटल लिमिटेडको नाफामा सुधार देखिएको छ । गत आर्थिक वर्ष २०८२–८३ मा कम्पनीले ७६ करोड ११ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।
यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१–८२ को तुलनामा १६.५१ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ६५ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
गत आवमा कम्पनीको आम्दानीमा सुधार देखिएसँगै नाफा बढेको हो । अघिल्लो आवमा २ अर्ब ७७ करोड रुपैयाँ आम्दानी गरेको यो कम्पनीले गत आवमा १३.४९ प्रतिशत बढाएर ३ अर्ब १४ करोड रुपैयाँ आम्दानी गरेको छ ।
१ अर्ब ७५ करोड रुपैयाँ चुक्तापूँजी रहेको यो कम्पनीको रिटेन्ड अर्निङ वा जगेडा कोषमा २ अर्ब १७ करोड ६५ लाख रुपैयाँ संचित रहेको छ ।
त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.३९ रुपैयाँबाट ६.४८ रुपैयाँ पुगेको छ । साथै प्रतिसेयर नेटवर्थ २७.०१ रुपैयाँबाट बढेर २८.५२ रुपैयाँ, पूँजीकोष अनुपात ०.०२ प्रतिशतबाट घटेर ०.०१ प्रतिशत र पीई रेसियो ९०.३५ गुणाबाट घटेर ७५.५८ गुणा कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।