काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिजलाई तीन कार्य दिनका लागि निलम्बन गरेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले तोकिएको समयावधिभित्र राफसाफ तथा फछ्र्यौट कार्य सम्पन्न नगरेको भन्दै बेनी सेक्युरिटिजलाई निलम्बन गर्न नेप्सेसमक्ष सिफारिस गरेको थियो।
सीडीएससीको पत्रका आधारमा नेप्सेले बेनी सेक्युरिटिजलाई निलम्बन गरेको हो।
नेप्सेका अनुसार धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२(१)(छ) बमोजिम बेनी सेक्युरिटिजलाई तीन कार्य दिनका लागि निलम्बन गर्ने निर्णय गरिएको हो।
तोकिएको समयभित्र राफसाफ तथा फछ्र्यौटसम्बन्धी दायित्व पूरा नगरेका कारण निलम्बन गरिएको नेप्सेले जनाएको छ।


प्रतिक्रिया
1 प्रतिक्रियाk***
Jhapa damak ma pani yahi harkatt garira xa. Grahak chahanchhan ki turuntai karbahi hoss same compnyho
20 दिन अगाडी