काठमाण्डौ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा भर्खरै भित्¥याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन इ.मास ५ का लागि ‘रिडिफाइन योर एभ्रिडे’ नामक ‘टिभिसि फिल्म सार्वजनिक गरेको छ ।
यसले ‘रिडिफाइन योर एभ्रिडे को अवधारणालाई स्थापित गर्नका लागि टिभिसि फिल्ममा काम, परिवार, सिर्जनशीलता र यात्रासँग जोडिएका चार फरक कथाहरू प्रस्तुत गरेको छ । आफ्नो करियरको महत्वपूर्ण मोडमा रहेका एक युवा उद्यमीदेखि सिर्जनशील स्थानको खोजीमा रहेका कलाकार, कुनै ठोस् योजनाबिना यात्रामा निस्किएका साथीहरू र सँगै समय बिताइरहेको परिवारसम्मका यी कथाहरूले आधुनिक सहरी जीनवका विविध वास्तविकता तथा आयामहरूलाई उजागर गर्दछन् ।
केवल प्रविधिलाई मात्र कथाको केन्द्रमा राख्नुको सट्टा, यस अभियानले इ.मास ५ को फराकिलो स्पेस, आरामदायी इन्टेरियर र बहुउपयोगिताले कसरी यी दैनिक अनुभवहरूलाई पुनःपरिभाषित गर्छन् भन्ने कुरा प्रस्तुत गर्दछ ।
कहिलेकाहीँ दैनिक जीवनलाई नयाँ रूप दिनु वा अर्थपूर्ण बनाउनु भनेको, सधैँ ठूलो वा विशेष परिवर्तन ल्याउनु मात्र होइन, हामीले बाँचिरहेका पलहरूलाई अलिकति बढी सहज र सुन्दर बनाउनु हो भन्ने मूल मर्म कथाले बोकेको छ ।
प्रोटोन इ.मास ५ ले हालसालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ग्राहकहरूबाट उच्चतम चासो तथा बुकिङ हासिल गरेको थियो ।
प्राइम र प्रिमियम भेरियन्टमा उपलब्ध प्रोटोन इ.मास ५ मा रियर–ह्विल ड्राइभ, जि–ट्र्याक्सन कन्ट्रोल, सामान भण्डारण गर्ने ३२ वटा स्मार्ट स्टोरेज कम्पार्टमेन्ट, ७० लिटरको फ्रन्ट ट्रंक, १४.६ इन्चको फुल–एचडि टचस्क्रिन र भेहिकल–टु–लोड (भि–टु–एल) क्षमता जस्ता उत्कृष्ट सुविधाहरू रहेका छन् ।
चारै कथाहरूको अंश समेटिएको मुख्य टिभिसि फिल्म सार्वजनिक भएसँगै, आउँदा हप्ताहरूमा प्रत्येक कथामा आधारित चारवटा छोटा फिल्महरू प्रोटोन नेपालका डिजिटल प्लेटफर्महरू मार्फत क्रमशः सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।