काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले निष्कासन गरेको ७ वर्ष अवधिको ‘१० प्रतिशत हिमालयन बैंक लिमिटेड डिबेन्चर २०८३’ को साँवा तथा ब्याज भुक्तानी गर्ने भएको छ।
बैंकले प्रकाशित गरेको सूचनाअनुसार प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य रहेको उक्त डिबेन्चरको अवधि भदौ ८ गते समाप्त हुँदैछ। डिबेन्चरधनीलाई डिबेन्चरको साँवा तथा बाँकी अवधिको अन्तिम किस्ता ब्याज रकम भदौ ९ गतेदेखि भुक्तानी गरिने बैंकले जनाएको छ।
डिबेन्चरको साँवा तथा ब्याज भुक्तानी हिमालयन क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौमार्फत गरिने भएको छ। बैंकका अनुसार डिबेन्चरधनीको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा आईपीएसमार्फत रकम जम्मा गर्ने व्यवस्था मिलाइएको छ।
बैंक खाता तथा स्थायी लेखा नम्बर अद्यावधिक नभएका डिबेन्चरधनीलाई आवश्यक विवरण अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ। बैंक खाता अद्यावधिक नभएका कारण हालसम्म ब्याज रकम भुक्तानी हुन नसकेका डिबेन्चरधनीले समेत हिमालयन क्यापिटलमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ।
बैंकले डिबेन्चरधनीलाई भुक्तानीसम्बन्धी आवश्यक जानकारी तथा प्रक्रिया पूरा गर्न हिमालयन क्यापिटलमा सम्पर्क गर्न अनुरोध गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।