–रविन ठकुरी
काठमाण्डौ । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा १ खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख २२ हजार रुपैयाँको आयात भएको छ । यो आयात आर्थिक वर्ष २०८२/८३ को साउन महिनाको तुलनामा आर्थिक वर्ष २०८३/८४ को सोहि अवधिमा ३१.०४ प्रतिशतले बढी हो ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा १ खर्ब ४३ अर्ब ४ करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरको आयात भएको थियो । आर्थिक वर्ष २०८३÷८४ को साउनमा निर्यात ६१.७२ प्रतिशतले बढेको छ ।
यो अवधिमा ३८ अर्ब ७० करोड ४१ लाख ४६ हजार रुपैयाँको निर्यात भएको हो । आर्थिक वर्ष २०८२÷८३ को साउनमा २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।
साउनमा २,५७७ इभी आयात, राज्यले १ अर्ब १४ करोड राजस्व उठायो
आर्थिक वर्ष २०८३/८४ को साउनमा १ हजार १ सय ७१ वटा अनएसेम्बल्ड तीन पाङ्ग्रे विद्युतीय सवारीसाधन (इभी) आयात भएका छन् । यसको आयातबाट १२ करोड २५ लाख ९५ हजार रुपैयाँ रकम बाहिरिएको छ । यी आयातबाट राज्यले ४ करोड ६० लाख ६१ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको हो ।
समिक्षा अवधिमा ७ सय १७ वटा तीन पाङ्ग्रे इभीको आयात भएको छ । यी आयातबाट १० करोड ५२ लाख ६ हजार रुपैयाँ बाहिरिएको छ भने ३ करोड ६९ लाख ३८ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।
यो अवधिमा ६ सय ८९ वटा अन्य इभी आयात भएका छन् । यी आयातबाट १ अर्ब ६१ करोड ५४ लाख ९७ हजार रुपैयाँ रकम बाहिरिएको छ भने १ अर्ब ६ करोड १६ लाख ८४ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको हो ।
साउनमा २३७ यात्रुवाहक सवारी आयात, ३८ करोडभन्दा बढी राजस्व संकलन
आर्थिक वर्ष २०८३/८४ को साउनमा २५ सिट क्षमताको ५० वटा प्यासेन्जर मोटर भेहिकल आयात भएका छन् । यसको आयातबाट १५ करोड ३८ लाख २२ हजार रुपैयाँ बाहिरिएको छ । यी आयातबाट राज्यले १० करोड ४७ लाख ९६ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।
२५ सिट क्षमताभन्दा माथिका १७ वटा प्यासेन्जर मोटर भेहिकल आयात भएका छन् । यी आयातबाट १५ करोड ९० लाख ३५ हजार रुपैयाँ बाहिरिएको छ भने २ करोड ७४ लाख १८ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको हो ।
११ देखि २५ सिट क्षमताको १ सय ७० वटा प्यासेन्जर मोटर भेहिकल आयात भएका छन् । यसको आयातबाट ५७ करोड ६१ लाख ६० हजार रुपैयाँ बाहिरिएको छ । यी आयातबाट राज्यले १७ करोड ६२ लाख ९७ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको हो ।
साउनमा २७९ वटा ठूला तीनपाङ्ग्रे अटो आयात, ५ करोडभन्दा बढी राजस्व संकलन
आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना ९साउन० मा हजार सिसिभन्दा माथिका २ सय ७९ वटा अनएसेम्बल्ड तीन पाङ्ग्रे अटो रिक्सा आयात भएका छन् । यी आयातबाट ६ करोड २८ लाख २३ हजार रुपैयाँ बराबरको रकम बाहिरिएका हुन् । यसबाट राज्यले ५ करोड २७ लाख ८४ हजार रुपैयाँ बराबरको राजसव संकलन गरेको छ ।
यही अवधिमा हजार सिसिभन्दा माथिका २ वटा अनएसेम्बल्ड अन्य सवारीसाधन आयात भएका छन् । यी आयातबाट १ करोड ७ लाख ६२ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।
अन्य हजार सिसिभन्दा माथिका २१ वटा सवारीसाधन आयात भएका छन् । यसको आयातबाट २ करोड ४१ लाख ८४ हजार रुपैयाँ बराबरको रकम बाहिरिएको छ । यी आयातबाट राज्यले ६ करोड २३ लाख ९२ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।
साउनमा १,०००–१,५०० सिसीका १९६ पेट्रोल सवारी आयात
आर्थिक वर्ष २०८३/८४ को साउनमा एक हजार सिसिभन्दा माथि र १५ सय सिसिभन्दा कम क्षमताको ८७ वटा अनएसेम्बल्ड पेट्रोल इन्जिन सवारीसाधन आयात भएका छन् । यी आयातबाट १५ करोड ६२ लाख ६० हजार रुपैयाँ बाहिरिएको छ । यसबाट राज्यले २५ करोड ५५ लाख १४ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।
एक हजार सिसिभन्दा माथि र १५ सय सिसिभन्दा कम क्षमताको १ सय ९ वटा पेट्रोल इन्जिन भएको अन्य सवारीसाधन आयात भएका छन् । यसबाट १३ करोड १९ लाख ९५ हजार रुपैयाँ बाहिरिएको छ । यी आयातबाट राज्यले ३५ करोड ४१ लाख ३५ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।
साउनमा ५६ डिजेल सवारी भित्रिए, राजस्व संकलन ४२ करोड ४५ लाख
आर्थिक वर्ष २०८३/८४ को साउनमा १५ सयदेखि २५ सय सिसिसम्मको क्षमता भएको २ वटा डिजेल इन्जिन भएको सवारीसाधन आयात भएका छन् । यसको आयातबाट ५३ लाख २८ हजार रुपैयाँ बाहिरिएको छ । यी आयातबाट राज्यले १ करोड ५५ लाख ३५ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।
सोहि अवधिमा १५ सयदेखि २५ सय सिसिसम्मको क्षमता भएको ४५ वटा अन्य डिजेल इन्जिन सवारीसाधन आयात भएका छन् । यी आयातबाट ६ करोड ४१ लाख ४३ हजार रुपैयाँ बाहिरिएको छ । यसबाट राज्यले २० करोड ८५ लाख ३३ हजार राजस्व संकलन गरेको छ ।
२५ सय सिसिभन्दा माथिका ९ वटा डिजेल इन्जिन भएको सवारीसाधन आयात भएका छन् । यसबाट राज्यले ५ करोड ५८ लाख ७९ हजार रुपैयाँ बाहिरिएको छ । यी आयातबाट राज्यले २० करोड ४ लाख १९ हजार रुपैयाँबराबरको राजस्व संकलन गरेको छ ।
साउनमै भित्रिए २३ हाइब्रिड प्लगइन सवारी, २९ करोड राजस्व संकलन
आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना ९साउन० मा १७ वटा २ हजार सिसिभन्दा माथिको पेट्रोल–इलेक्ट्रिक हाइफ्रिड प्लगइन सवारीसाधन आयात भएका छन् । यसबाट राज्यले १८ करोड ८९ लाख ६३ हजार राजस्व संकलन गरेको छ । यी आयातबाट ७ करोड ६० लाख ८२ हजार रुपैयाँ बाहिरिएको छ ।
यही अवधिमा २ हजार सिसिसम्मको ६ वटा पेट्रोल–इलेक्ट्रिक हाइफ्रिड प्लगइन सवारीसाधन आयात भएका हुन् । यसबाट राज्यले १० करोड २३ लाख ५७ हजार रुपैयाँ बराबरको राजसव संकलन गरेको छ । यी आयातबाट ५ करोड ३२ लाख ६६ हजार रुपैयाँ बाहिरिएको छ ।
साउनमा ४९ वटा भारी सवारी आयात, २६ करोड ५९ लाख रुपैयाँ बाहिरियो
आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना ९साउन० मा ५ वटा लरी, ट्रक, टिपर, डम्पर र अन्य सवारीसाधन आयात भएका छन् । यसबाट ७ करोड ४४ लाख ९७ हजार रुपैयाँ बाहिरिएको छ । यी आयातबाट राज्यले २ करोड ९६ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
यही अवधिमा १२ वटा कन्टेनर जडित ट्रक आयात भएका छन् । यसबाट राज्यले ६७ लाख ७ हजार राजस्व संकलन गरेको छ । यी आयातबाट १ करोड ६८ लाख २८ हजार रुपैयाँ बाहिरिएको छ ।
यो अवधिमा ३१ वटा कन्क्रिट–मिक्सचर लरी आयात भएका हुन् । यी आयातबाट १७ करोड ४६ लाख ८४ हजार रुपैयाँ रकम बाहिरिएको छ । यी आयातबाट राज्यले ३ करोड ९१ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
यस अवधिमा एउटा रोड क्लिनिङ्ग ब्रुमरर्स आयात भएको हो । यसबाट ९८ लाख ८७ हजार रुपैयाँ रकम बाहिरिएको छ । यी आयातबाट राज्यले १८ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
कृषि मेसिनरी आयातमा साउनमै २८ करोड रुपैयाँभन्दा बढी बाहिरियो
आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना मा २ हजार २ सय ४२ वटा पावर टिलर र मिनी टिलर आयात भएका हुन् । यी आयातबाट ७ करोड ७६ लाख ७७ हजार रुपैयाँ बाहिरिएको छ । यसबाट राज्यले १० लाख ६३ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
यो अवधिमा १८ किलोवाट क्षमताको १२ वटा डिजेल वा सेमि डिजेल रोड ट्रयाक्टर आयात भएका छन् । यसबाट एक करोड २२ लाख ४३ हजार रुपैयाँ बाहिरिएको छ । यी आयातबाट राज्यले २२ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
१८ किलोवाट भन्दा माथि क्षमताको १८ वटा रोड ट्रयाक्टर आयात भएका छन् । यसबाट राज्यले २८ लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यी आयातबाट १ करोड ५१ लाख ५० हजार रुपैयाँ बाहिरिएको छ ।
१८ किलोवाट भन्दा कम क्षमता भएका २ वटा अन्य ट्रयाक्टर आयात भएका छन् । यसबाट राज्यले एक लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यी आयातबाट १० लाख १२ हजार रुपैयाँ बाहिरिएको छ ।
१८ किलोवाटदेखि ३७ किलोवाटसम्मका १ सय ४३ वटा अन्य ट्रयाक्टर आयात भएका छन् । यसबाट १३ करोड ४६ लाख २२ हजार रुपैयाँ बाहिरिएको छ । यी आयातबाट राज्यले २ करोड ५१ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।
३७ किलोवाटदेखि ७५ किलोवाटसम्मको ८६ वटा अन्य ट्रयाक्टर आयात भएका छन् । यी आयातबाट १० करोड ३६ लाख १ हजार रुपैयाँ बाहिरिएको छ । यसबाट १ करोड ९३ लाख २२ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।