बुधबार, भाद्र १०,२०८३ 03:54:12
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 03:54:12
Bizshala
Global IME Bank Limited

रसुवागढी बाढीको असर नेप्सेमा, हाइड्रो र निर्जीवन बीमा समूहमा पहिरो

रसुवागढी बाढीको असर नेप्सेमा, हाइड्रो र निर्जीवन बीमा समूहमा पहिरो
New Office

काठमाण्डौ । रसुवागढी क्षेत्रमा आएको भीषण बाढीको असर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत जलविद्युत् तथा निर्जीवन बीमा समूहका कम्पनीको सेयर कारोबारमा देखिएको छ ।  

बाढीका कारण प्रभावित आयोजनासँग सम्बन्धित कम्पनी तथा बीमा क्षेत्रमा लगानीकर्ताको चासो बढ्दा यी दुई समूह दबाबमा परेका हुन् ।

बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना, चिलिमे जलविद्युत् आयोजना र त्रिशूली–३ ‘ए’ लगायतका जलविद्युत् संरचनामा क्षति पुगेको विवरण सार्वजनिक भएपछि हाइड्रोपावर कम्पनीको सेयरमा नकारात्मक प्रभाव परेको छ । रसुवागढी जलविद्युत् आयोजना १११ मेगावाट, त्रिशूली–३ ‘ए’ ६० मेगावाट र चिलिमे जलविद्युत् आयोजना २१ मेगावाट क्षमताका आयोजना हुन् ।

बाढीबाट जलविद्युत् आयोजनाका संरचना तथा उपकरणमा क्षति पुगेपछि प्रभावित कम्पनीको उत्पादन, पुनर्निर्माण खर्च र बीमा दाबीबारे लगानीकर्तामा अन्योल देखिएको छ । यसले सम्बन्धित हाइड्रोपावर कम्पनीका सेयरमूल्यमा थप दबाब सिर्जना गरेको हो ।

Bizshala
CG Motors

त्यस्तै, बाढीबाट सवारीसाधन, भौतिक संरचना तथा अन्य सम्पत्तिमा क्षति पुगेपछि निर्जीवन बीमा कम्पनीहरूमा समेत बीमा दाबी बढ्ने देखिएको छ। रसुवा बाढीपछि विभिन्न निर्जीवन बीमा कम्पनीमा ठूलो रकम बराबरका दाबी परेको विवरण सार्वजनिक भइसकेको छ।

यो समाचार तयार पार्दासम्म हाइड्रो समूह ३.१५ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ३.७९ प्रतिशतले घटेको छ ।  

सर्वाधिक सेयरभाउ घट्ने कम्पनीको टपमा पनि रसुवागढी हाइड्रोपावर र मैलुङ खोला जलविद्युत कम्पनी छन् । यी दुबै कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ ।  रसुवागढीको सेयरभाउ १५ प्रतिशतले घटेर २०५.२० रुपैयाँ कायम भएको छ भने मैलुङ खोलाको सेयरभाउ १४.९९ प्रतिशतले घटेर ३५२.३० रुपैयाँ कायम भएको छ ।  

यसका साथै चिलिमे हाइड्रोपावरको १३.०७ प्रतिशतले घटेर ४१३ रुपैयाँ, त्रिशुली जलविद्युतको १२.९५ प्रतिशतले घटेर ३९० रुपैयाँ, माथिल्लो मैलुङको ११.७५ प्रतिशतले घटेर ३७४.२० रुपैयाँ, सान्जेन जलविद्युतको ११.०३ प्रतिशतले घटेर २३२.३० रुपैयाँ र सयपत्री हाइड्रोको १० प्रतिशतले घटेर ५२२ रुपैयाँ पुगेको छ ।  

यसरी प्राकृतिक विपद्को प्रत्यक्ष असर उत्पादनमूलक जलविद्युत् कम्पनीसँगै जोखिम बहन गर्ने निर्जीवन बीमा कम्पनीको सेयर कारोबारमा समेत देखिएको छ । प्रभावित आयोजनाको पुनर्निर्माण, विद्युत् उत्पादनमा फर्किने समय र बीमा दाबीको अन्तिम टुंगो लागेसँगै यी कम्पनीको सेयरमा देखिएको दबाबको दिशा स्पष्ट हुने देखिन्छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.