Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 11:49:43
Bizshala
Global IME Bank Limited

बाढी प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन, गल्छीमा अवरुद्ध १८ साइट पनि तत्काल सुचारु

बाढी प्रभावित तीन जिल्लामा एनसेलका १४ टावर पुनः सञ्चालन, गल्छीमा अवरुद्ध १८ साइट पनि तत्काल सुचारु
New Office

काठमाडौं। बाढी तथा पहिरोबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा अवरुद्ध एनसेलका १४ वटा मोबाइल टावर पुनः सञ्चालनमा आएका छन्।

विपद्बाट प्रभावित तीन जिल्लाका कुल २७ साइटमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ साइट बुधबार पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ। अझै १३ साइट पुनःस्थापना हुन बाँकी छन्।

Bizshala
CG Motors

बाढीपहिरोका कारण करिब ७० देखि ८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या आएपछि कम्पनीका २७ मोबाइल टावर प्रभावित भएका थिए। त्यसबाट प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध भएको थियो।

उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सञ्चार सम्पर्क कायम राख्ने उद्देश्यले प्राविधिक टोली परिचालन गरी नेटवर्क पुनःस्थापनाको काम तीव्र पारिएको कम्पनीले जनाएको छ।

एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारका अनुसार सम्भव भएका स्थानमा क्षतिग्रस्त फाइबर मर्मत गरेर टावर सञ्चालनमा ल्याइएको छ। कतिपय स्थानमा पुराना माइक्रोवेभ लिंक प्रयोग गरी नेटवर्क पुनःसुचारु गरिएको छ भने केही क्षेत्रमा फाइबर कनेक्टिभिटी पुनःस्थापनाका लागि इन्टरनेट सेवा प्रदायकसँग समेत सहकार्य गरिएको छ।

नेटवर्क पुनःस्थापनाका लागि एनसेलले हवाई तथा स्थलमार्ग दुवैबाट प्राविधिक टोली परिचालन गरेको थियो। सरकारी निकायको सहयोग र समन्वयमा प्रभावित क्षेत्रमा पुगेका टोलीले मर्मत तथा पुनःस्थापनाको काम गरेको कम्पनीको भनाइ छ।

यसैबीच, बुधबार दिउँसो १२ः४७ बजे धादिङको गल्छी क्षेत्रमा बाढीले थुपारेको भग्नावशेष हटाउने क्रममा फाइबर काटिँदा थप १८ साइट प्रभावित भएका थिए। एनसेलले तत्काल प्राविधिक टोली परिचालन गरेर ती सबै साइट पुनः सञ्चालनमा ल्याएको जनाएको छ।

विपद्को समयमा दूरसञ्चार सेवा निरन्तर रहनु उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन अत्यन्त महत्त्वपूर्ण हुने कम्पनीको भनाइ छ। प्रभावित नागरिकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार एवं राहतसम्बन्धी समन्वय गर्न सहज होस् भन्ने उद्देश्यले नेटवर्क पुनःस्थापनालाई उच्च प्राथमिकता दिइएको एनसेलले जनाएको छ।

कम्पनीले पुनःस्थापना कार्यमा सहयोग गर्ने नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधिसम्बन्धी निकाय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय, नेपाली सेना तथा ह्वावे र जेडटीईलगायत संस्थाप्रति आभार व्यक्त गरेको छ।

एनसेलले प्रभावित समुदायको साथमा रहँदै आवश्यकताअनुसार नेटवर्क तथा प्राविधिक स्रोत परिचालन गरी दूरसञ्चार सेवा यथासम्भव निरन्तर उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.