काठमाण्डौ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि ११७ जना पर्यटकको उद्धार गरिएको छ। उद्धार गरिएका पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन्।
उद्धार गरिएका ११७ पर्यटकमध्ये भारतका ८५ जना, दक्षिण कोरियाका ९ जना र चीनका १६ जना रहेका छन्। त्यस्तै, अमेरिकाका २ जना र इटालीका २ जना पर्यटकको पनि उद्धार गरिएको छ।
उद्धार गरिएका ३ जना पर्यटकको भने राष्ट्रियता पहिचान हुन बाँकी रहेको छ।
बाढीका कारण भोटेकोशी र त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ। नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा रहेका पर्यटकको उद्धारका लागि सुरक्षाकर्मी तथा सम्बन्धित निकाय परिचालन गरिएको थियो।
उद्धार गरिएका पर्यटकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तथा प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी राखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।