बिहीबार, बैशाख ११,२०८२ 12:00:00
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 12:00:00
IME remit
Global IME Bank Limited

सर्वाधिक रोजगार दिने हिमालयन लाइफले कर्मचारी सुविधाका लागि छुट्यायो साढे ६४ करोड

Hyundai Nepal
सर्वाधिक रोजगार दिने हिमालयन लाइफले कर्मचारी सुविधाका लागि छुट्यायो साढे ६४ करोड
Nabil Bank Limited

काठमाण्डौ । बीमा कम्पनीहरुमा सर्वाधिक रोजगार दिने हिमालयन लाइफ इन्स्योरेन्सले कर्मचारी सुविधाका लागि साढे ६४ करोड रुपैयाँ छुट्याएको छ ।  

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कर्मचारी सेवा सुविधाका लागि ६४ करोड ४० लाख ९४ हजार रुपैयाँ छुट्याएको छ । तर यो रकम गत आवको यसै अवधिसम्मको तुलनामा ४.४४ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म कम्पनीले कर्मचारी सुविधाका लागि ६७ करोड ४० लाख रुपैयाँ छुट्याएको थियो ।  

चैत मसान्तसम्म हिमालयन लाइफ इन्स्योरेन्सको २१८ शाखा कार्यालयमा कार्यरत कर्मचारी संख्या ७६८ जना रहेका छन् । कम्पनीले बीमा कम्पनीहरुमा सर्वाधिक रोजगारको अवसर दिएको छ ।  

तर कम्पनीले कर्मचारी थप्दै जाँदा कर्मचारीलाई प्रदान गर्ने सुविधा खर्च रकम भने घटाएको छ । कम्पनीले तलब, भत्ता, विदा भत्ता, बोनस, पेन्सन सुविधा लगायत विभिन्न शीर्षकमा छुट्याउने रकम घटाएको हो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

बीमा कम्पनीहरुले वित्तीय विवरणमा कर्मचारी लाभ खर्च शिर्षक छुट्याएका हुन्छन् । यस्तो शिर्षकले कम्पनीले आफ्ना कर्मचारीहरुलाई सुविधा दिन वा फाइदा पुर्याउन खर्चिएको रकम बुझिन्छ । यस्ता खालका रकम नगद वा गैह्र–नगद पनि हुन सक्छ ।

जसमा न्यूनतम पारिश्रमिक प्राप्त गर्ने कर्मचारीहरुलाई स्वास्थ्य बीमा लगायत अन्य लत्ताकपडा वा अन्य वस्तु किनमेल खर्चको समेत व्यवस्था रहेको हुन्छ । साथै केही कम्पनीहरुले कर्मचारीको कामको प्रशंसा वापत समेत यस्ता शिर्षकमा रकम छुट्याएका हुन्छन् ।  

कर्मचारी लाभको लागि रकम छुट्याउँदा बफादार जनशक्ति, कामप्रति निष्ठा, कम्पनीको व्यवसायमा प्रगति, स्वस्थ टिम र कर्मचारीको क्षमतामा अभिबृद्धि हुन सक्ने जस्ता फाइदाहरु हुन सक्छन् । यसका लागि पनि कम्पनीहरुले कर्मचारी लाभको लागि रकम छुट्याएका हुन्छन् ।

तर हिमालयन लाइफ इन्स्योरेन्सले ठूलो संख्यामा कर्मचारी राखेपनि कर्मचारीलाई दिने सेवा सुविधाको रकम घटाएको छ । यसले कम्पनीको व्यवसायमा समेत धक्का पुग्ने सक्ने सम्भावना देखिन्छ ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.