काठमाण्डौ । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डका लागि घोषणा गरिएको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै योजनाको लाभांश वितरण प्रयोजनका लागि भदौ २५ गते बुक क्लोज हुँदैछ ।
यसर्थ आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रणालीमा कारोबार भई रीतपूर्वक दाखिला खारेज भएका इकाइधनीलाई मात्र घोषित नगद लाभांश प्राप्त गर्नका लायि योग्य हुनेछन् ।
योजना व्यवस्थापक प्रभु क्यापिटलले आर्थिक वर्ष २०८२÷८३ का लागि प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्ड दुवैका लागि समान १२ प्रतिशत(करसहित) नगद लाभांश घोषणा गरेको छ । प्रभु क्यापिटलको गत भदौ ५ गते बसेको सञ्चालक समितिको बैठकले इकाईधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।