काठमाण्डौ। कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको भदौ ३० गते मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको हो ।
बैठकले उक्त अवधिका लागि २.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यस्तै बैठकले गत आवको वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश निर्णय समेत गरेको छ।
नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण तथा लाभांश प्रस्ताव स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाबाट पारित गराई बैंकका सेयरधनीलाई हालको चुक्ता पूँजीको २.१०५३ प्रतिशत नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि बोनस सेयर प्रस्ताव गरिएको छैन। बैंकको हालको चुक्तापूँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँ रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।