सोमबार, आश्विन ५,२०८३ 08:07:49
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 08:07:49
Bizshala
Global IME Bank Limited

ग्यास अभाव हटाउन ‘क्विक रेस्पोन्स टिम’ परिचालन गरिएको उद्योगमन्त्रीको दाबी

ग्यास अभाव हटाउन ‘क्विक रेस्पोन्स टिम’ परिचालन गरिएको उद्योगमन्त्रीको दाबी
New Office

 

काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले बजारमा देखिएको ग्यास अभाव क्रमशः हट्दै जाने दाबी गरेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री साहले ग्यास आपूर्तिमा देखिएको समस्या समाधान, उपभोक्ताका गुनासा सम्बोधन र वितरण प्रणालीमा सहजीकरण गर्न ‘क्विक रेस्पोन्स टिम’ गठन गरी परिचालन गरिएको जानकारी दिए।

उनका अनुसार ग्यास अभावका पछाडि आयातमा उच्च निर्भरता, अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि, भण्डारण तथा रिफिलिङ क्षमता, डिलरहरूको असमान वितरण, खाली सिलिन्डर फिर्तामा ढिलाइ, कालोबजारी, डिजिटल ट्र्याकिङको अभाव तथा विभिन्न निकायबीच समन्वयको कमजोरीजस्ता कारण रहेका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मन्त्री साहले बढ्दो माग र नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आगामी तीन महिनासम्म प्रतिमहिना ६० हजार मेट्रिक टन ग्यास उपलब्ध गराउन भारत सरकारसँग औपचारिक पत्राचार गरिएको बताए।

सरकारले तत्कालीन समस्या समाधानसँगै ग्यास आपूर्ति व्यवस्थालाई दीर्घकालीन रूपमा व्यवस्थित गर्ने तयारीसमेत अघि बढाएको उनको भनाइ छ।

मन्त्री साहका अनुसार आपूर्ति प्रणालीलाई दिगो बनाउन मन्त्रालयभित्र आन्तरिक समिति गठन गरी आवश्यक मार्गनिर्देशन तयार गर्ने काम भइरहेको छ।

त्यस्तै, दीर्घकालीन आपूर्ति व्यवस्थापन, आवश्यक पूर्वाधार विकास र वैकल्पिक समाधानसम्बन्धी नीतिगत योजना तयार गर्न राष्ट्रिय योजना आयोगलाई समेत औपचारिक पत्राचार गरिएको उनले जानकारी दिए।

सरकारले आपूर्ति बढाउने, वितरण प्रणालीमा देखिएका कमजोरी सुधार गर्ने र गुनासा तत्काल सम्बोधन गर्ने संयन्त्र प्रभावकारी रूपमा सञ्चालन गर्न सके बजारमा देखिएको ग्यास अभाव क्रमशः सहज हुँदै जाने मन्त्री साहको दाबी छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.