काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडका सञ्चालक भूपेन महर्जनको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
महर्जन कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए । उनी विसं २०८० सालमा शेलट्रोन प्रालीका तर्फबाट कम्पनीको सञ्चालक समितिमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।