शुक्रबार, आश्विन ९,२०८३ 02:38:45
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 02:38:45
Bizshala
Global IME Bank Limited

हर्मुज जलघाँटी तत्काल खोल्न ८० राष्ट्रको संयुक्त आह्वान

Bizshala
हर्मुज जलघाँटी तत्काल खोल्न ८० राष्ट्रको संयुक्त आह्वान
New Office

काठमाण्डौ । पश्चिम एसियामा बढ्दो तनावबीच संयुक्त राष्ट्रसंघका ८० सदस्य राष्ट्रले रणनीतिक महत्वको हर्मुज जलघाँटी तत्काल र पूर्ण रूपमा खोल्न तथा जहाजको सुरक्षित र निर्बाध आवतजावत सुनिश्चित गर्न संयुक्त आह्वान गरेका छन्।

बहराइनको नेतृत्वमा जारी संयुक्त वक्तव्यमा हर्मुज जलघाँटीमा देखिएको अवरोधले अन्तर्राष्ट्रिय व्यापार, ऊर्जा सुरक्षा र विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न सक्ने चेतावनी दिइएको छ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै बहराइनका विदेशमन्त्री अब्दुल लतिफ अल–जयानीले सहभागी मुलुकहरूको तर्फबाट जलघाँटी तत्काल खोल्न आग्रह गरेका हुन्। संयुक्त राष्ट्रसंघले पनि शुक्रबार अल–जयानीले समुद्री सुरक्षासम्बन्धी वक्तव्यबारे पत्रकारलाई ब्रिफिङ गरेको जनाएको छ।

अल–जयानीले यसअघि पारित संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव २८१७ पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। उक्त प्रस्तावसँग सम्बन्धित राष्ट्रसंघीय छलफलमा पनि हर्मुज जलघाँटी तत्काल, पूर्ण र सर्तरहित रूपमा खोल्नुपर्ने माग उठाइएको थियो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

संयुक्त वक्तव्यमा अन्तर्राष्ट्रिय कानुनअनुसार हर्मुजबाट जहाजको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा कुनै अवैध शुल्क वा अवरोधबिना समुद्री व्यापार सञ्चालन हुन दिन आग्रह गरिएको छ।

सहभागी राष्ट्रहरूले ओमानको तटमा जहाजमाथि भएको आक्रमण, साउदी अरबतर्फ भएका क्षेप्यास्त्र आक्रमण तथा क्षेत्रीय अस्थिरताप्रति समेत चिन्ता व्यक्त गरेका छन्।

वक्तव्यमा यमनका हुथी समूहको गतिविधि र लाल सागर तथा बाब अल–मन्दब क्षेत्रमा बढ्दो असुरक्षाले विश्वव्यापी आपूर्ति श्रृङ्खला र समुद्री व्यापारमा थप जोखिम सिर्जना गर्न सक्ने चेतावनी दिइएको छ।

हर्मुज जलघाँटी विश्व ऊर्जा आपूर्ति र समुद्री व्यापारका दृष्टिले अत्यन्त संवेदनशील मार्ग भएकाले त्यहाँको अवरोध लम्बिए तेल तथा ग्यास आपूर्ति, ढुवानी लागत र विश्व बजारमा मूल्यमा समेत दबाब पर्न सक्ने जोखिम रहन्छ।

८१औँ संयुक्त राष्ट्रसंघ महासभाको उच्चस्तरीय सप्ताह सेप्टेम्बर १८ देखि २८ सम्म न्युयोर्कमा जारी छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.