शुक्रबार, आश्विन ९,२०८३ 05:54:36
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 05:54:36
Bizshala
Global IME Bank Limited

होण्डा कार किन्न एनआईसी एशियाको सहुलियतपूर्ण अटो लोन, ६ कार्यदिनमै प्रक्रिया पूरा गर्ने

Bizshala
होण्डा कार किन्न एनआईसी एशियाको सहुलियतपूर्ण अटो लोन, ६ कार्यदिनमै प्रक्रिया पूरा गर्ने
New Office

काठमाण्डौ ।  नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि र एनआईसी एशिया बैंकबीच होण्डाका ग्राहकलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौताअनुसार एनआईसी एशिया बैंकले नयाँ होण्डा कार खरिद गर्न चाहने ग्राहकलाई आकर्षक तथा सहुलियतपूर्ण ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउनेछ। आवश्यक सम्पूर्ण कागजात पेश भएको ६ कार्यदिनभित्र कर्जा प्रक्रिया पूरा गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो सुविधा होण्डा सीआर–भी, सिटी ईःएचईभी, फिफ्थ जेन सिटी र एलिभेटलगायतका मोडल खरिद गर्ने ग्राहकका लागि उपलब्ध हुनेछ।

सम्झौतापत्रमा एनआईसी एशिया बैंकका चिफ बिजनेस अफिसर अमित केसी र हेड–मोर्टगेज बैंकिङ एण्ड अटो लोन दीपक आचार्य तथा स्याकार ट्रेडिङ कम्पनीका प्रबन्ध निर्देशक सृजना शाक्य ज्योतिले हस्ताक्षर गरेका छन्।

दुवै संस्थाले यो सहकार्यबाट होण्डा कार खरिद गर्न चाहने ग्राहकलाई वित्तीय पहुँच सहज हुनुका साथै कर्जा प्रक्रिया छिटो र सरल हुने विश्वास व्यक्त गरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.