गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट लाभांश घोषणा गरेका कम्पनीमध्ये अझै १७ कम्पनीको सेयर खरिद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउन सक्ने अवस्था रहेको छ।
यीमध्ये केही कम्पनीले साधारणसभा र बुकक्लोज मिति तोकिसकेका छन् भने केहीले बुकक्लोज मिति सार्वजनिक गर्न बाँकी छ। पछिल्लो समय लाभांश घोषणा गरेका कम्पनीको सेयरमा लगानीकर्ताको चासो बढिरहेका बेला बुकक्लोज हुन बाँकी कम्पनीमा लाभांश सुरक्षित गर्ने अवसर अझै बाँकी देखिएको हो।
कुनको बुकक्लोज कहिले ?
माछापुच्छ्रे बैंकले असोज १२ गते बुकक्लोज गर्दैछ। बैंकले ३ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल ६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
अरुण भ्याली हाइड्रोपावर र सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजले असोज १३ गते बुकक्लोज गर्दैछन्। अरुण भ्यालीले ५ प्रतिशत बोनस र ०.२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ भने सर्वोत्तम पेन्ट्सले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको छ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पनि असोज १३ गते बुकक्लोज गर्दैछ। बैंकले ६ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
रिलायन्स स्पिनिङ मिल्स, नबिल बैंक र गरिमा विकास बैंकले असोज १४ गते बुकक्लोज गर्दैछन्। रिलायन्सले ३० प्रतिशत नगद, नबिलले ५ प्रतिशत बोनस र १०.८ प्रतिशत नगद तथा गरिमाले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन्।
सिद्धार्थ बैंकले असोज १६ गते बुकक्लोज गर्दैछ। बैंकले १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
सिटिजन्स बैंकले असोज १९ गते बुकक्लोज गर्दैछ। बैंकले ३.८ प्रतिशत बोनस र ०.२ प्रतिशत नगद गरी ४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
बुकक्लोज मिति तोक्न बाँकी कम्पनी
सानिमा मिडिल तमोर हाइड्रोपावरले ५.२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
मिड सोलु हाइड्रोपावरले १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। सुपर हेवा खोला हाइड्रोपावरले ३.१५७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
त्यस्तै, गुराँस लघुवित्तले ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। विकास हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
त्यस्तै, युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ५.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कुमारी बैंकले २.१०५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
यी कम्पनीको बुकक्लोज मिति घोषणा नभएसम्म सम्बन्धित कम्पनीको सेयर कायम गर्ने लगानीकर्ता प्रस्तावित लाभांशका लागि योग्य हुने अवसर रहन्छ। यद्यपि, लाभांश अन्तिम रूपमा वितरण हुन सम्बन्धित नियामकको स्वीकृति आवश्यक पर्ने कम्पनीमा त्यस्तो स्वीकृति र त्यसपछि साधारणसभाबाट अनुमोदन हुनुपर्छ।
हालसम्म घोषणा भएका लाभांशमध्ये सिद्धार्थ बैंक र गरिमा विकास बैंकले २०–२० प्रतिशत, शाइन रेसुङ्गाले १६ प्रतिशत, नबिल बैंकले १५.८ प्रतिशत तथा रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।