काठमाडौं — टक्सार पिखुवाखोला हाईड्रो कम्पनीले अन्य कम्पनीमा लगानी गर्न सहज हुने गरी आफूलाई होल्डिङ कम्पनीमा परिणत गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश गर्ने भएको छ।
कम्पनीको सञ्चालक समितिको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले असोज ३० गते बाँसबारी काठमाण्डौमा रहेको बिहान ११ बजे छैठौँ साधारण सभा डाकेको हो । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव राखिनेछ।
त्यस्तै, सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा छ।
सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने विषयमा समेत निर्णय गर्नेछ। साथै, कम्पनीका अन्य नयाँ परियोजना तथा लगानीसम्बन्धी आवश्यक निर्णयका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पेश हुनेछ।
त्यसैगरी, कम्पनीले अन्य कम्पनीहरूमा लगानी गर्न सहजता कायम गर्ने उद्देश्यले कम्पनीलाई होल्डिङ कम्पनीमा परिणत गर्ने र सोहीअनुसार कम्पनीको नाम परिवर्तन तथा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव सभामा पेश गरिने भएको छ।
कम्पनीले साधारण सभाबाट पारित हुने निर्णयअनुसार आवश्यक कानुनी तथा संस्थागत प्रक्रिया अघि बढाउने कम्पनीले अन्य कम्पनीमा लगानी गर्न सहज हुने गरी आफूलाई होल्डिङ कम्पनीमा परिणत गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश गर्ने भएको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।