आईतवार, आश्विन ११,२०८३ 01:04:18
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 01:04:18
Bizshala
Global IME Bank Limited

आज रातिदेखि वर्षा कम हुने, सोमबारबाट मौसममा उल्लेख्य सुधार

आज रातिदेखि वर्षा कम हुने, सोमबारबाट मौसममा उल्लेख्य सुधार
New Office

 

काठमाण्डौ । देशका विभिन्न भागमा भारी वर्षा गराइरहेको मौसमी प्रणाली क्रमशः कमजोर बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि वर्षाको तीव्रता घट्ने र सोमबारदेखि मौसममा उल्लेख्य सुधार आउनेछ।

भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली तथा बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावका कारण पछिल्ला दिनमा विशेषगरी देशको मध्य भूभागमा भारी वर्षा भएको हो।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा मकवानपुर, चितवन, म्याग्दी, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, पाल्पा र नवलपरासी पश्चिमका केही स्थानमा १५० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।

यस्तै, कास्की, लमजुङ, बागलुङ, पर्वत, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची र सर्लाहीलगायतका जिल्लामा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

आज दिउँसो केही स्थानमा अझै भारी वर्षाको सम्भावना

मौसमी प्रणाली कमजोर हुँदै गए पनि आज दिउँसो देशका पहाडी तथा तराईका केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना कायम छ।

मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

लगातारको वर्षाले जमिन गलिसकेको, नदी तथा खोलामा जलस्तर उच्च रहेको तथा पहिरोको जोखिम बढेको भन्दै विभागले प्रभावित मध्य भूभागमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आज रातिदेखि भारी वर्षाको जोखिम घट्ने

विभागका अनुसार आज रातिदेखि मौसममा उल्लेख्य सुधार आउन थाल्नेछ। रातिको समयमा कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने भए पनि भारी वर्षाको सम्भावना नरहेको पूर्वानुमान गरिएको छ।

सोमबारदेखि मौसम सामान्य

सोमबारदेखि देशभर मौसम क्रमशः सफा हुँदै जाने विभागले जनाएको छ।

तराई क्षेत्रमा घाम लाग्ने र पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ। विभागले सोमबारका लागि देशभर कुनै उल्लेख्य मौसमी जोखिम नरहेको जनाएको छ।

पछिल्ला दिनको भारी वर्षाले बाढी, पहिरो र डुबानका घटना बढाएको अवस्थामा मौसममा सुधार आउने पूर्वानुमानले प्रभावित क्षेत्रलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.