मंगलवार, आश्विन १३,२०८३ 12:38:05
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 12:38:05
Bizshala
Global IME Bank Limited

बाढीपीडित क्षेत्र संघीय सरकारसँग सम्पर्कविहीन, मुख्यमन्त्रीकै गुहारमा जनप्रतिनिधि

Bizshala
बाढीपीडित क्षेत्र संघीय सरकारसँग सम्पर्कविहीन, मुख्यमन्त्रीकै गुहारमा जनप्रतिनिधि
New Office

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधि संघीय सरकारसँग सम्पर्कविहीन : मुख्यमन्त्री थापा

काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोसी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र राहत व्यवस्थापनमा संघीय सरकारसँग आवश्यक समन्वय हुन नसकेको बताएका छन्।

चितवनमा जिल्ला समन्वय समितिले आयोजना गरेको स्थानीय तह तथा जिल्लास्थित कार्यालयहरूको कामको समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापामगरले बाढी प्रभावित जिल्लाका जनप्रतिनिधिहरूले संघीय सरकारसँग सम्पर्क र समन्वय गर्ने जिम्मेवार व्यक्ति नै पहिचान गर्न नसकेको गुनासो गरेको बताए।

उनका अनुसार प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिहरूले संघीय सरकारतर्फबाट समन्वय गर्ने व्यक्ति वा निकाय स्पष्ट नहुँदा प्रदेश सरकारमार्फत सहजीकरण गरिदिन आग्रह गरेका छन्।

मुख्यमन्त्री थापामगरले बाढी प्रभावित क्षेत्रमा सम्पर्क र आवागमन सहज बनाउन प्रदेश सरकारले विभिन्न पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताए। त्रिशूली नदी वारिपारि सम्पर्क स्थापित गर्न हाल सात वटा तुइन सञ्चालनमा ल्याइएको जानकारी उनले दिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, दुई वटा बेलिब्रिज र पाँच वटा झोलुङ्गे पुल निर्माणका लागि द्रुत प्रक्रियाबाट ठेक्का अघि बढाउने तयारी भइरहेको उनले बताए।

प्रदेश सरकारले बाढीबाट ज्यान गुमाएका व्यक्तिको किरिया खर्चका लागि प्रतिमृतक २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। त्यसबाहेक मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत स्थानीय तहमार्फत उपलब्ध गराइने पनि उनले जानकारी दिए।

मुख्यमन्त्री थापामगरले बाढी प्रभावित क्षेत्रको पुनःस्थापना र राहतमा सहयोग गर्न चितवनका स्थानीय तहहरूलाई समेत आग्रह गरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.