मंगलवार, आश्विन १३,२०८३ 02:39:46
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 02:39:46
Bizshala
Global IME Bank Limited

भोटेकोशी–त्रिशूलीको बाढी : मोटरमा १,०६६ दाबी, सम्पत्तिमा झण्डै साढे ९ अर्बको क्षति !

Bizshala
भोटेकोशी–त्रिशूलीको बाढी : मोटरमा १,०६६ दाबी, सम्पत्तिमा झण्डै साढे ९ अर्बको क्षति !
New Office

काठमाण्डौ । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको क्षतिको बीमा दाबी अत्यधिक देखिएको छ । नेपाल बीमा प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार बाढीका कारण निर्जीवन बीमा कम्पनीहरूमा २ हजार १८० वटा दाबीमार्फत २० अर्ब ९८ करोड ८७ लाख १२ हजार रुपैयाँ बराबरको प्रारम्भिक बीमा दाबी परेको छ ।

तर यति ठूलो रकमको दाबी परिसक्दा पनि बीमा कम्पनीहरूले हालसम्म गरेको भुक्तानी भने निकै न्यून छ । प्राधिकरणको तथ्यांकअनुसार अधिकतम भुक्तानीसमेत समेटेर हालसम्म ६७ लाख ४८ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी भएको छ । अर्थात् प्रारम्भिक दाबी रकमको तुलनामा भुक्तानी अत्यन्तै न्यून अवस्थामा रहेको देखिन्छ ।

सबैभन्दा बढी सम्पत्ति बीमामा झण्डै साढे ९ अर्बको दाबी

बीमालेखको प्रकारका आधारमा हेर्दा बाढीबाट सबैभन्दा ठूलो क्षति सम्पत्ति बीमातर्फ देखिएको छ । सम्पत्ति बीमाअन्तर्गत ५१८ वटा दाबी परेका छन्, जसको अनुमानित तथा प्रारम्भिक दाबी रकम ९ अर्ब ४९ करोड ५८ लाख ५९ हजार रुपैयाँ छ । यसमध्ये हालसम्म ३८ लाख १४ हजार रुपैयाँ हाराहारी मात्रै भुक्तानी भएको तथ्यांक छ ।

त्यस्तै, इञ्जिनियरिङ तथा ठेकेदार बीमातर्फ १६५ वटा दाबीबाट ४ अर्ब ४१ करोड ४५ लाख ५६ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ । यो शीर्षकमा भने तथ्यांक सार्वजनिक हुँदासम्म दाबी भुक्तानी भएको देखिँदैन ।

सबैभन्दा धेरै दाबी संख्या मोटर बीमामा परेको छ । मोटर बीमाअन्तर्गत मात्रै १ हजार ६६ वटा दाबी दर्ता भएका छन् । यसको अनुमानित दाबी रकम ३ अर्ब ७ करोड ९३ लाख ८८ हजार रुपैयाँ छ । मोटर बीमातर्फ हालसम्म करिब २४ लाख १० हजार रुपैयाँ भुक्तानी भएको छ ।

परिवहन बीमातर्फ १०४ वटा दाबीबाट २ अर्ब ४८ करोड ५१ लाख ५५ हजार रुपैयाँ, अन्य बीमातर्फ २९९ वटा दाबीबाट १ अर्ब ३६ करोड ८५ लाख ५४ हजार रुपैयाँ र स्वास्थ्य बीमातर्फ २८ वटा दाबीबाट २२ करोड ४२ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ ।

परिवहन बीमातर्फ करिब २२ हजार रुपैयाँ र अन्य बीमातर्फ ५ लाख २ हजार रुपैयाँ भुक्तानी भएको छ। स्वास्थ्य बीमातर्फ भने हालसम्म रकम भुक्तानी भएको देखिँदैन ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

दाबी ठूलो, भुक्तानी किन न्यून ?

बाढीपछिको प्रारम्भिक क्षति विवरणका आधारमा दाबी रकम गणना गरिएकाले सबै रकम तत्काल भुक्तानी हुने अवस्था हुँदैन । बीमा कम्पनीले क्षतिको सर्भे, बीमालेखको सर्त, बीमित सम्पत्तिको वास्तविक क्षति, आवश्यक प्रमाणपत्र तथा कागजात र सर्भेयरको प्रतिवेदनका आधारमा अन्तिम दाबी रकम निर्धारण गर्छन् ।

यसकारण अहिले देखिएको २० अर्ब ९८ करोड रुपैयाँभन्दा बढीको रकम प्रारम्भिक तथा अनुमानित दाबी हो । सर्भे तथा मूल्यांकनपछि वास्तविक भुक्तानी रकम यसभन्दा फरक हुन सक्छ ।

यद्यपि बाढीपछि यति ठूलो आकारमा बीमा दाबी दर्ता हुनुले प्राकृतिक विपद्ले निजी सम्पत्ति, उद्योग–व्यवसाय, सवारीसाधन, पूर्वाधार तथा यातायात क्षेत्रमा पुर्याएको आर्थिक क्षतिको गम्भीरता देखाएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.