काठमाण्डौ । बिहिबार सेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३५३ कम्पनीको १ करोड २० लाख ५१ हजार ६४६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज ४ उपसमूहमा हरियाली छाएको छ भने समूहमा रातो रङ पोतिएको छ । लगानी समूह भने स्थिर रहेको छ ।
सर्वाधिक बढ्नेमा बैंकिङ समूह रहेको छ । यो समूह ०.३९ प्रतिशतले बढेर १४९९.९५ विन्दुमा कायम भएको छ । साथै विकास बैंक समूह ०.२२ प्रतिशत, फाइनान्स समूह ०.२० प्रतिशत र हाइड्रो समूह ०.०३ प्रतिशतले बढेको छ ।
सर्वाधिक घट्ने समूह भने व्यापार समूह रहेको छ । यो समूह आज १.०५ प्रतिशतले घटेको । त्यस्तै, होटल तथा पर्यटन समूह ०.१३ प्रतिशत, जीवन बीमा समूह ०.१० प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.०७ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.०२ प्रतिशत, म्युचुअल फण्ड समूह ०.२६ प्रतिशत, निर्जीवन बीमा समूह ०.५० प्रतिशत र अन्य समूह ०.३२ प्रतिशतले घटेको छ ।
आजको बजारबारे लगानीकर्ता तथा बजार जानकार सरोज भट्टराईले पूँजीबजार सुधारका लागि नीति र विभिन्न उपकरण घोषणा गरेर मात्रै नपुग्ने बताएका छन् । बजारलाई चलायमान बनाउन ती उपकरण प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।
उनका अनुसार बजार सुधारका लागि विभिन्न नीति निर्माण भए पनि त्यसलाई लगानीकर्ताले कसरी लिन्छन् भन्ने विषय महत्वपूर्ण हुन्छ । सबै नीति सबै प्रकारका लगानीकर्ताका लागि समान रूपमा उपयोगी नहुन सक्ने उनले बताए ।
भट्टराईले अहिलेको समयमा राम्रो लाभांश दिने कम्पनीमा लगानी गर्न सक्ने लगानीकर्ताले दीर्घकालीन रूपमा फाइदा लिन सक्ने बताए । ‘विशेषगरी सेयर होल्ड गर्न सक्ने क्षमता भएका लगानीकर्ताका लागि अहिलेको समय दीर्घकालीन लगानीको अवसर बन्न सक्छ’ उनले भने, ‘हाल बजारमा लगानीकर्ताको मनोबल अपेक्षाकृत कमजोर रहेको छ र अनौपचारिक वातावरण, अनिश्चितता र नीतिको कार्यान्वयनप्रति रहेको शंकाले लगानीकर्ताको ‘कन्फिडेन्स’ घटेको छ ।’
यद्यपि चाडपर्वपछि बजारले गति लिन सक्ने सम्भावना रहेको उनले बताए । बजारमा उपलब्ध गराइएका नीतिगत उपकरण व्यवहारमा कार्यान्वयन भए र लगानीकर्ताको विश्वास बढे बजारले सकारात्मक दिशा लिन सक्ने उनको विश्लेषण छ ।
सर्वाधिक कमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा सिन्धु विकास बैंक रहेको छ । यो कम्पनीको सेयरभाउ १०.८१ प्रतिशतले बढेर ४९३ रुपैयाँ पुगेको छ ।
त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.३५ प्रतिशत, इमर्जिङ नेपालको ७.७१ प्रतिशत, माथिल्लो मैलुङ खोला हाइड्रोको ७.५८ प्रतिशत, हाथवे इन्भेष्टमेन्टको ६.०६ प्रतिशत, दोल्ती पावरको ४.४१ प्रतिशत, शिखर पावर डेभलपमेन्टको ४.१४ प्रतिशत, रिज लाइन इनर्जीको ३.३३ प्रतिशत, ७% आरबीबीएल डिबेञ्चरको ३.०८ प्रतिशत र रु रु जलविद्युतको ३.०६ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी
आज सर्वाधिक सेयरभाउ घट्ने कम्पनीमा सयपत्रि हाइड्रोपावर रहेको छ । यो कम्पनीको सेयरभाउ ९.६६ प्रतिशतले घटेर ५२४ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, स्वाभिमान लघुवित्तको ५.३३ प्रतिशत, सोपान फर्मास्युटिकल्सको ४.०४ प्रतिशत, स्नो रिभर्सको ३.९९ प्रतिशत, ८.५% माछापुच्छ्रे डिबेञ्चरको २.९१ प्रतिशत, सिटिजन्स सन्तुलित योजनाको २.८६ प्रतिशत, बुङ्गल हाइड्रोको २.८० प्रतितश, नबिल ब्यालेन्स्ड फण्ड–२ को २.६४ प्रतिशत, मुक्तिनाथ म्युचुअल फण्ड–१ को २.६१ प्रतिशत र कुमारी सबल योजनाको २.४४ प्रतिशतले घटेको छ ।
सर्वाधिक कारोबार गर्ने शीर्ष १० कम्पनी
आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा सिद्धार्थ बैंक रहेको छ । बैंकको आज ३० करोड ५३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, अपि पावरको २२ करोड ८१ लाख, हाथवे इन्भेष्टमेन्टको २१ करोड ९६ लाख, घलेम्दी हाइड्रोको १८ करोड ५१ लाख, रिलायन्स स्पिनिङ मिल्सको १४ करोड ७९ लाख, पिपुल्स हाइड्रोको १४ करोड ५८ लाख, एसवाई प्यानलको १४ करोड २२ लाख, लक्ष्मी सनराईज डिबेञ्चरको १३ करोड ४ लाख, लक्ष्मी सनराईज बैंकको १२ करोड ९४ लाख र हिमालन दोलखा हाइड्रोपावरको १० करोड ८१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।