बिहीबार, आश्विन १५,२०८३ 05:44:24
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 05:44:24
Bizshala
Global IME Bank Limited

अब स्मार्ट टीभीमै एनटीटीभी, सेट–टप बक्स नचाहिने

Bizshala
अब स्मार्ट टीभीमै एनटीटीभी, सेट–टप बक्स नचाहिने
New Office

काठमाण्डौ । नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको टेलिभिजन सेवा एनटीटीभीलाई थप सहज बनाएको छ। अब एन्ड्रोइडमा आधारित स्मार्ट टीभी प्रयोगकर्ताले छुट्टै सेट–टप बक्सबिनै एनटीटीभी चलाउन सक्ने भएका छन्।

कम्पनीले असोज १५ गतेदेखि एन्ड्रोइड टीभीका लागि भर्चुअल सेट–टप बक्स सेवा सुरु गरेको हो। ग्राहकले आफ्नो स्मार्ट टीभीको गुगल प्लेस्टोरमा ‘Smart NTTV’ सर्च गरी एप इन्स्टल गरेर सेवा प्रयोग गर्न सक्नेछन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल टेलिकमका अनुसार निकट भविष्यमा अन्य स्मार्ट टीभीमा पनि प्रयोग गर्न मिल्ने गरी भर्चुअल सेट–टप बक्स विस्तार गर्ने तयारी छ।

नयाँ प्याकेज लिने ग्राहकले भर्चुअल सेट–टप बक्ससहितको प्याकेज रोजेमा १ हजार रुपैयाँ छुट पाउने व्यवस्था गरिएको छ।

नेपाल टेलिकमले एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको छ। भर्चुअल सेट–टप बक्ससहितका वार्षिक तथा दुई वर्षे प्याकेजमा मोबाइल डाटासमेत उपलब्ध हुने कम्पनीले जनाएको छ।

सेवासम्बन्धी थप जानकारी नेपाल टेलिकमको वेबसाइट र ‘नेपाल टेलिकम’ एपबाट लिन सकिनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.