बिहीबार, आश्विन २२,२०८३ 10:46:29
Bizshala
  • बिहीबार, आश्विन २२,२०८३ 10:46:29
Bizshala
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकको १०.५२६३ प्रतिशत लाभांश पारित, अध्यक्षमा उज्ज्वल सत्याल

Bizshala
सांग्रिला डेभलपमेन्ट बैंकको १०.५२६३ प्रतिशत लाभांश पारित, अध्यक्षमा उज्ज्वल सत्याल
New Office

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभाले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले आगामी चार वर्षका लागि छ सदस्यीय सञ्चालक समिति पनि निर्विरोध चयन गरेको छ।

असोज २२ गते बिहीबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न सभाले हाल कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस सेयर र करसहित ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बैंकको हाल कायम चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा छ। यसका आधारमा बैंकले १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसाबराबरको बोनस सेयर र २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसाबराबरको नगद लाभांश वितरण गर्नेछ।

बोनस सेयर वितरणपछि बैंकको चुक्तापुँजी ३ अर्ब ८८ करोड ३४ लाख ३१ हजार २४५ रुपैयाँ ७५ पैसा पुग्नेछ।

साधारणसभाबाट संस्थापक सेयरधनीका तर्फबाट उज्ज्वल सत्याल, सुशीलकाजी बानियाँ र श्यामकुमार शर्मा तथा सर्वसाधारण सेयरधनीका तर्फबाट विष्णुप्रसाद ढकाल, कृष्णप्रसाद रेग्मी र भावना अग्रवाल सञ्चालकमा निर्विरोध चयन भएका छन्।

नवनिर्वाचित सञ्चालक समितिको बिहीबार नै बसेको बैठकले उज्ज्वल सत्याललाई अध्यक्ष चयन गरेको बैंकले जनाएको छ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण, लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र संशोधन तथा मर्जर र प्राप्तिलगायतका प्रस्ताव पनि पारित गरेको छ।

बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० एटीएममार्फत सेवा दिइरहेको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउँदै आगामी दिनमा सेवा थप विस्तार गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.